News Portal

आज चैत्र-९, शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
६१७ पटक

श्री शाके १९४५ विस २०८० चैत्र ९ गते शुक्रबार इश्वी सन २०२४ मार्च २२ तारीख फाल्गुनशुक्ल पक्ष त्रयोदशी तिथी मघा नक्षत्र धृति योग कौलव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा काण योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु प्रदोषव्रत विश्व पानी दिवस॥

ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईलाई सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ। तपाईले कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ। भुमि तथा वाहान शुख प्राप्त रहनेछ। आज पूराना मित्रजनहरु सगँको भेटघाटले तपाईको मन प्रशन्न रहनेछ । महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । मित्रजनहरुको सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा विशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह –  आज तपाईलाई सामान्य चोट पटक आई पर्न सक्छ । आज खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्ने देखिन्छ। आज समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । आफन्तजनहरुको सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने छ । आय आम्दानिका विभिन्न श्रोतहरु फेला पर्नेछन । आज तपाईलाई मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्ने छ । तपाईको पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउने छ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहने छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोका हुन सक्छ । मानसिक चिन्ताले सताउन सक्छ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ। आज सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्ने छ। तपाईसगँ प्रतिस्पर्धा गर्ने ब्यक्तिहरुको बृद्धि हुने देखिन्छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका दिदी-बहिनीहरुको सहयोग दिगो फाईदा हुने देखिन्छ । आज आकास्मिक धनलाभको सम्भाबना रहेको छ । बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईका मन प्रशन्न रहला। सन्तान सम्बन्धि समस्याले सताउन सक्छ । तपाईको यात्राका कारण सामान्य खर्च हुन सक्ने देखिन्छ । आज पठन पाठन सफल रहनाले तपाईको बौद्धिकताको सर्वत्र कदर हुने देखिन्छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज बिद्यार्थी बर्गको बौद्धिक विकासका निम्ति समय राम्रो रहेको छ। आज मान्यजनको सहयो द्वारा सामाजिक कार्यको क्षेत्रमा राम्रो रहेको छ । तपाईका श्रम र मेहेनतको राम्रो कदर हुने तेखिन्छ। आज मानसम्मान प्राप्त हुने समय रहेको छ। सामाजिक कार्यमा अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्ने योग रहेको छ। 

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले हरेक कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा हुने देखिन्छ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । मित्रजनको सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईले साजेदारी कार्यमा हात नहालेकै बेश रहने छ। ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । आज विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । आटशाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईले अरुको संगत गर्नाले सामान्य समस्या आइ पर्न सक्छ। तपाईको मनमा चञ्चलताले बास गर्ने योग रहेको छ। तपाईका कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्धि हुनाले तपाईलाई सामान्य झन्झट आई पर्न सक्छ । तपाईका हरेक निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुने छ । तपाईका सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । ईज सामाय आर्थिक अभाव हुने देखिन्छ। तपाईकौ अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका आम्दानिका विभिन्न स्रोतहरु फेला पर्न सक्छ। तपाईका बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईका मन प्रशन्न रहने छ। तपाईका पठनपाठनको निम्ति समय राम्रो रहेको छ । तपाईले गरिरहेको कार्य क्षेत्रमा मन चञ्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्ने छ। तपाईले आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...