News Portal

  • आज चैत्र-५ सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    ६८२ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र ५ गते सोमबार इश्वी सन् २०२४ मार्च १८ तारीख फाल्गुनशुक्ल पक्ष नवमी तिथी आद्र्रा नक्षत्र सौभाग्य योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काल योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने योग रहेको छ। अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने छ । दुर्घटनापूर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सक्ने देखिदैन। नयाँकार्यको थालनिका निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल हुने योग रहेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता हुने छ। कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुने छ। अपरिचित ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फस्ने सम्भावना रहेको छ। आज भोजभतेरमा सरिक हुने अबसर प्राप्त हुने योग रहेको छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका प्रतिस्पर्धीहरु कमजोर होलान । साजेदारी कार्यमा हात नहालेकै राम्रो हुने छ। तपाईको दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्न सक्छ । तपाईको कार्यले अन्य ब्यक्तिहरुलाई मनग्य लाभ हुने छ । तपाईको मनमा सामान्य चिन्ताले बास गर्ने छ । स्वास्थ्यमा देखा परेको गढबढीले तपाईको कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईले सामान्य क्षति सहनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु होला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउने छ । सन्तान सम्बन्धि समस्याले सताउने छ। मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ। तपाईले गरेका हरेक कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

    कन्या राशिः  टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रेम सम्बन्धमा सुधार आउने छ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाई हुन सक्छ । तपाईतो सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु विफल हुने योग रहेको छ। तपाईका कठिनाइजनक यात्राको योग रहेको छ। तपाईले आटेका कार्यमा कडा परिश्रम गर्नु पर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुने छ । तपाईको मेहनतको फल अनायासै अरुलाई मिल्ने छ । तपाईले गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईको निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सक्ने योग रहेको छ। आज अर्काको खुसिको लागि अनावश्यक परिश्रम गर्नु पर्ला। तपाईले सोचेको भन्दा धेरै खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईले अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुने छ । तपाईको अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुन सक्छ। तपाईको मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्ने सक्छ । तपाईका कार्य सम्पादनमा लगाईएको लगन सिल्ताको राम्रो कदर हुनाले तपाईको मन प्रशन्न रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको टाढाको मित्रसँग अप्रत्यासित मिलन हुने योग रहेको छ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ। तपाईले हतारमा गरेका निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्छ । तपाईले बोल्दा बिचार पुऱ्याउनु होला । आज तपाईका प्रतिस्पर्धीहरु कमजोर रहनाले तपाइलाई  सहज हुने छ । तपाईको स्वास्थ्य सम्बन्धि सामान्य समस्या उत्पन्न हुन सक्ला ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका खर्च हुने योग रहेको छ । बाकपटुताको कारण तपाईको कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्ने छन् । तपाईको पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुने छ। तपाईका प्रतिस्पर्धीहरु कमजोर रहने छन् । तपाईका आम्दानी क्षेत्र भने मध्यम रहेको छ। तपाईका जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको मनमा चञ्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउने देखिन्छ। सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । तपाईका भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित गर्नु पर्ने देखिन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...

    श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

    रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक...