News Portal

  • दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन

    हिमालीसंचार संवाददाता
    २२१ पटक

    काठमाडौँ। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको रातोपाटीले खबर लेखेको छ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो।

    कटुवालले नेपालमा ब्युटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकटलगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएकोसमेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

    साथै कुवेतमा पुगे पश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानीसमेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो।

    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...