News Portal

मनी ट्रान्सफरमा लुटपाट : सञ्चालकमाथि गोली प्रहार, ३ जना पक्राउ

रुपेन्द्र पटेल
३७४ पटक

गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्।

त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेको प्रवक्ता तथा डीएसपी गिरिले बताइन्।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...