News Portal

आज चैत्र-२ गते शुक्रबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशीफल
५०९ पटक

श्री शाके १९४५ विस २०८० चैत्र २ गते शुक्रबार इश्वी सन् २०२४ मार्च १५ तारीख फाल्गुनशुक्ल पक्ष षष्ठी तिथी कृत्तिका नक्षत्र विष्कुम्भ योग कौलव करण चन्द्रमा बृष राशिमा आनन्दादी योगमा छत्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु चैत्रसंक्रान्ती॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको प्रियजनको स्वास्थ्यमा सामान्य खराबी आउन सक्छ। आज तपाईलाई मानसिक समस्या आईपर्न सक्ने योग रहेको छ। बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको सहयोग बृद्धि हुने योग रहेको छ। नयाँ लगानिका क्षेत्रमा विशेष सजग रहनु पर्ने समय रहेको छ। आज तपाई यात्रामा सजग रहनु होला। आज केही बादबीवादको कारणले केही झमेलामा पर्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको ब्यापार ब्यवसायको निम्ति साथै नयाँ लगानिका लागि राम्रो समय रहेको छ। आज मान्यजनको सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा हुने योग रहेको छ। मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ। तपाईको स्वास्थ्यमा सम्बन्धि समस्याले सताउन सक्ने सम्भावना रहेको छ। आज तपाईको भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने छ। आज मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ। सामान्य यात्राको सम्भाबना रहेको छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ। आज अरुको छिटो विश्वास गर्नाले तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईलाई पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहने योग रहेको छ। आज मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित गर्नु पर्ने छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रतिपक्षहरु सबल रहनाले तपाईको कार्य सम्पादनमा थोरै झन्झट ब्यर्होनु पर्ला। तपाईको नयाँ कार्यको थालनिले तपाईको मन प्रशन्न रहला ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईले परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च गर्नु पर्ला। आज तपाईलाई मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । आज मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईको शारीरिक आलस्यताले सताउन सक्छ। आज तपाईलाई पारीवारिक सहयोगबाट विशेष फाईदा हुने योग रहेको छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईले कार्य सम्पादन गर्दा अपजसको सामना गर्नु पर्ने सम्भाबना रहेको छ। आज अनावश्यक यात्राको सम्भाबना समेत रहेको छ। आज तपाईको प्रतिस्पर्धीहरु कमजोर रहनाले तपाइको कार्य क्षेत्रमा सहज बन्ने छ। आज जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ । आज तपाईको दाजुभाई तथा मित्रजनको सहयोगमा गरिएको कार्यमा विशेष फाईदा हुने योग रहेको छ ।

तुला राशिः र, रि, ?, रे, रो, ता, ति, तु, ते – आज तपाईको कार्य सम्पादनमा अरुको दबाबको अनुभब महसूस हुने छ । तपाईको स्वास्थ्यमा समस्या देखा परेको कावण आजको कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ। आज भोजभतेर जन्य कार्यमा सहभागिताको योग रहेको छ। तपाईलाई आज सभासम्मेलनमा सहभागीताको समय रहेको छ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुने छ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ प्राप्त हुने योग रहेको छ। आज तपाईको जीवन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्ने योग रहेको छ। तपाईको अध्ययन अध्यापनमा समय महत्वपूर्ण रहने योक रहेको छ । आजको शिप तथा क्षमताका आधारमा तपाइले गर्नु भएका कार्यहरु सम्पादित हुने छन् । आज कार्य सम्पादनमा लगाईएको तपाईको मेहनत लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न हुने छ ।

धनु राशिः  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अपरीचीत ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा  सजग रहनु होवा। आज तपाईका शत्रुहरु सबल हुने देखिन्छ। आज तपाईलाई मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले विशेष सजग रहनु उत्तम हुने छ । आज तपाईलाई आर्थिक झमेलाले सताउने छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने छ। आज तपाईको यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहेको छ । तपाईको सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूग्ने छ। तपाईको आम्दानी मध्यम रहेको छ । बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्ने छ। तपाईले आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुने योक रहेको छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । तपाईका कार्य सम्पादनमा भएका सामाय ट्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित हुने योग रहेको छ। आज अरुको दबाबको अनुभब हुन सक्छ। आज सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्च गर्नु पर्ने योग रहेको छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईलाई मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसगँको भेटघाटले मन प्रशन्न रहला। अध्ययन अध्यापन मध्यम रहने छ। तपाईको मनमा चञ्चलताले बास गर्न सक्छ त्यसैले सहि निर्णय गर्न कठीन हुने छ। आज तपाईको कार्य सम्पादनमा लगाईएको समय राम्रो कदर हुनाले मन प्रशन्न हुने छ। आज तपाईको बल पराक्रममा बृद्धि हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...