News Portal

कुवेतमा ३ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाए

हिमालीसंचार संवाददाता
७२२ पटक

कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ।

मूत्यु हुनेमा सानो भर्याङ्ग नागार्जून -२ काठमाण्डौंका सुजन कार्की, लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कडायत र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए। हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथि सुरतलाई भेट्न गएको र हिजो बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तिनै जनालाई स्थानिय नागरिकको गाडिले ठक्कर दिदा घटनास्थलमै निधन भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृतकहरुको शवलाई पोष्टमार्टमको लागि फरवानिया हस्पिटल राखिएको छ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार ‘घटनाको सुचना पाए लगतै आवश्यक प्रकृया अगाडी बढाई परिवार तथा कम्पनिसंग सम्पर्कमा रहेको र शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागी पहल गर्ने जनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...