News Portal

१९७४ एडीको फेसबुक पेज साइबर आक्रमणको निशानामा परी ह्याक

हिमालीसंचार संवाददाता
२५४ पटक

फाल्गुण-३०, बुधबार/काठमाडौं – चर्चित रक सांगीतिक समूह ‘१९७४ एडी’ समुहको आधिकारिक फेसबुक पेज साइबर आक्रमणको निशानामा परेको छ।

बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ करिब ९ बजेतिर ब्यान्डको आधिकारिक फेसबुक पेज कब्जामा लिएको देखिन्छ । 

व्यन्डको करिब १ लाख २१ हजार फलोअर रहेको फेसबुक पेजमा आफूलाई ह्याकर बताउने समूहले गएको एक घण्टामा बंगाली र अङ्ग्रेजी भाषामा ३२ वटाभन्दा बढी पोष्ट गरिसकेका छन् । केही समय फेसबुक लाइभसमेत गरेका ह्याकरहरूले कभर फोटो र डिस्प्ले इमेजसमेत परिवर्तन गरेको देखिन्छ ।

ह्याकरहरूले १९७४ एडीको पेजबाट आफूलाई फलोसमेत गरेका छन् भने पेजको वालमा जथाभावी पोष्ट गरिरहेका छन् । यस विषयमा ब्यान्डका सदस्यले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् । ब्यान्डमा निराकर याकथुम्बा, मनोज कुमार केसी, सञ्जय श्रेष्ठ लगायत सदस्यहरू आबद्ध रहेका छन् । यो खबर कान्तिपुर दैनिकले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...