आज : २०२६-०६-१४, आइतबार

वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ।

आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुस र श्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँसहित पक्राउ गरेको छ।

निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।