News Portal

  • चोरलाई चौतारो साधुलाई सुली

    कमला थापा
    ४६९ पटक

    नेपोलियन बोनापार्ट विश्व विजय गर्छु भनेर हिडेका थिय। पूर्ण विजय हासिल गर्नत सकेनन् तर उनलेे गरेका राम्रा कामहरुलाई विश्वले बिर्सन पनि सकेन उन्को भनाई छ। “विश्वले दुख भोग्नुको कारण खराव मानिसको आतंक नभै असल मानिसहरुको मौनता हो” वास्तवमा आज हामिले जे भोगिरहेका छौँ। कारण यही हो। राजनैतिक दलहरुलाई सर्वश्व सम्झेर उनिहरुले गरेका नराम्रा कामलाई औंलाउन नसक्नु, अन्धभक्त भएर उनिहरुको जय-जयकार गर्नुनै नेताहरुलाइ बिगार्नु हो, भन्ने कुरा बुझ्नै नचाहनु यो हाम्रो गल्ती हो।

    विश्वको राजनिति कसरी ध्रुविकरण भैरहेको छ ? अन्तर्राष्ट्रिय निर्वाचनमा देश देश कसरी सहकार्य गर्दैछन्। त्यतातिर हाम्रो ध्यान गएको देखिदैन। नेपाली कांग्रेस सहितको हिजोको गठबन्ध टुटेको छ। अहिले बामपन्थी गठबन्धनको सरकार बन्यो। हामी अनुमान गर्न खप्पिस छौ। यो गठबन्धन बिदेशी र दुई छिमेकी मुलुकले गरेको हो। यसो भन्नु हाम्रो नालायकीपन‌ हो। भारतमा निकट भविष्यमा आउदै गरेको निर्वाचनको मुखमा नेपालको सरकार फेरबदल गर्न लाग्यो होला‌ भन्न सकिन्न।

    भारतको राजनितिमा अहिले तिन देशको बिचमा राम्रो सहकार्य गठबन्धन भएको देखिन्छ। भारत, चिन र रुसको त्यसैले आज भन्दा तिन महिना अगाडीको सर्बेक्षण भाजपाको अनुकुलमा देखिएको थिएन। तर अहिले भाजपाको राम्रो स्थिति बनेको देखिन्छ। यो किन र कसरी संभव भयो भन्ने लाग्न सक्छ। अहिले नेपालमा २१ मूलुकका अन्तराष्ट्रिय सेनाहरुका बिच प्रशिक्षण सञ्चालन भैरहेको कुरा सुनिदै छ। यसबाट छिमेकी मुलुकहरु ससंकित भएको देखिन्छ। कारण नेपालीले MCC र Spp पास गरेपछि त्यस्को लक्षण देखिन थालेको बुझाई उनिहरुको हुनसक्छ। यदि बिदेशी शेनाको उपस्थित नेपालमा हुने हो भने त्यस्को खतारा चिनलाई मात्र हुनेछैन, चिनलाई भन्दा बढी भारतलाई पर्छ भन्ने ठम्याई उनिहरुको भएकोले यो त्रिपक्षीय समझदारी भएको भन्ने सुनिन्छ।

    नेपालको राजनितिको सेरोफेरो केवल आ-आफ्नै निजी स्वार्थमा सिमित छ। देश, जनताको अबस्था के कस्तो छ, जान्दा जान्दै पनि बेसरमको हद पार‌ गर्दै छन्। केवल आफ्नै परिवार, आफन्त, इष्टमित्रलाई कसरी लाभका पदमा पुर्याउने, माफियाहरुलाई प्रयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने, यो भन्दा बढी केही देखिदैन भ्रष्टाचारले सिमा नाघि सक्यो तर नेताहरुलाई यस कुराले कुनै असर पारेकै छैन। हिजो राजासंस्थालाई दोष थोपरेर जनतालाई भ्रम छर्न सफल भएका पार्टिहरु त्यसमा पनि सर्वहारा वर्गको उत्थानका मुद्दालाई बोकेर हिड्ने लाल कम्निस्टहरु आज सम्पूर्ण स्थान र पदहरु आफ्नै परिवार, आफन्त, इष्टमित्र, भाई, भतिज र छोरी,ज्वाइँले भरेको छ। जनताले के पाय न्यायसम्म नपाएका, पिउने पानीसम्म खुवाउन नसक्ने सरकारले जतिसुकै गठबन्धन गरेर सरकार बदले पनि देशको हितमा छैन।

    बारम्बार धोखा खाएर पनि नचेत्ने नेपाली कांग्रेसलाई भनेर पनि केही उपलब्धी देखिएन। यस्तो अबसरवादी चरित्रले भरिएका पार्टिहरुबाट अब जनता सचेत भैसकेका छन्। जनताहरु निर्णायक मोडमा उत्रन ढिलो नगरौं। अभियन्ता साथिहरुलाई पनि बिलम्ब नगरी आन्दोलन अगाडी बढाउन अनुरोध छ। अहिलेको गठबन्धनको सरकारमा आएका मानिसहरु सबै अभियोगमा मुछिएका र त्यो कर्तुत मेटाउन ल्याईएको देखिन्छ। सहकारी ठगीदेखी बिदेशीलाई नागरिकता दिलाउने र सुन तस्करीमा मुछिएकालाई सजायको बदला पुरष्कृत भएका छन्। यहाँ चोरलाई चौतारो र साधुलाई सुली हाल्नेहरुबाट जोगिनुको बिकल्प छैन। पशुपतिनाथले सबैको रक्षा गरुन।
    जय नेपाल।

    (लेखिका थापा पूर्व सासंद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन...

    १८ वर्षपछि सडक कालोपत्र

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका...

    मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

    विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका...

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal