News Portal

चोरलाई चौतारो साधुलाई सुली

कमला थापा
७३४ पटक

नेपोलियन बोनापार्ट विश्व विजय गर्छु भनेर हिडेका थिय। पूर्ण विजय हासिल गर्नत सकेनन् तर उनलेे गरेका राम्रा कामहरुलाई विश्वले बिर्सन पनि सकेन उन्को भनाई छ। “विश्वले दुख भोग्नुको कारण खराव मानिसको आतंक नभै असल मानिसहरुको मौनता हो” वास्तवमा आज हामिले जे भोगिरहेका छौँ। कारण यही हो। राजनैतिक दलहरुलाई सर्वश्व सम्झेर उनिहरुले गरेका नराम्रा कामलाई औंलाउन नसक्नु, अन्धभक्त भएर उनिहरुको जय-जयकार गर्नुनै नेताहरुलाइ बिगार्नु हो, भन्ने कुरा बुझ्नै नचाहनु यो हाम्रो गल्ती हो।

विश्वको राजनिति कसरी ध्रुविकरण भैरहेको छ ? अन्तर्राष्ट्रिय निर्वाचनमा देश देश कसरी सहकार्य गर्दैछन्। त्यतातिर हाम्रो ध्यान गएको देखिदैन। नेपाली कांग्रेस सहितको हिजोको गठबन्ध टुटेको छ। अहिले बामपन्थी गठबन्धनको सरकार बन्यो। हामी अनुमान गर्न खप्पिस छौ। यो गठबन्धन बिदेशी र दुई छिमेकी मुलुकले गरेको हो। यसो भन्नु हाम्रो नालायकीपन‌ हो। भारतमा निकट भविष्यमा आउदै गरेको निर्वाचनको मुखमा नेपालको सरकार फेरबदल गर्न लाग्यो होला‌ भन्न सकिन्न।

भारतको राजनितिमा अहिले तिन देशको बिचमा राम्रो सहकार्य गठबन्धन भएको देखिन्छ। भारत, चिन र रुसको त्यसैले आज भन्दा तिन महिना अगाडीको सर्बेक्षण भाजपाको अनुकुलमा देखिएको थिएन। तर अहिले भाजपाको राम्रो स्थिति बनेको देखिन्छ। यो किन र कसरी संभव भयो भन्ने लाग्न सक्छ। अहिले नेपालमा २१ मूलुकका अन्तराष्ट्रिय सेनाहरुका बिच प्रशिक्षण सञ्चालन भैरहेको कुरा सुनिदै छ। यसबाट छिमेकी मुलुकहरु ससंकित भएको देखिन्छ। कारण नेपालीले MCC र Spp पास गरेपछि त्यस्को लक्षण देखिन थालेको बुझाई उनिहरुको हुनसक्छ। यदि बिदेशी शेनाको उपस्थित नेपालमा हुने हो भने त्यस्को खतारा चिनलाई मात्र हुनेछैन, चिनलाई भन्दा बढी भारतलाई पर्छ भन्ने ठम्याई उनिहरुको भएकोले यो त्रिपक्षीय समझदारी भएको भन्ने सुनिन्छ।

नेपालको राजनितिको सेरोफेरो केवल आ-आफ्नै निजी स्वार्थमा सिमित छ। देश, जनताको अबस्था के कस्तो छ, जान्दा जान्दै पनि बेसरमको हद पार‌ गर्दै छन्। केवल आफ्नै परिवार, आफन्त, इष्टमित्रलाई कसरी लाभका पदमा पुर्याउने, माफियाहरुलाई प्रयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने, यो भन्दा बढी केही देखिदैन भ्रष्टाचारले सिमा नाघि सक्यो तर नेताहरुलाई यस कुराले कुनै असर पारेकै छैन। हिजो राजासंस्थालाई दोष थोपरेर जनतालाई भ्रम छर्न सफल भएका पार्टिहरु त्यसमा पनि सर्वहारा वर्गको उत्थानका मुद्दालाई बोकेर हिड्ने लाल कम्निस्टहरु आज सम्पूर्ण स्थान र पदहरु आफ्नै परिवार, आफन्त, इष्टमित्र, भाई, भतिज र छोरी,ज्वाइँले भरेको छ। जनताले के पाय न्यायसम्म नपाएका, पिउने पानीसम्म खुवाउन नसक्ने सरकारले जतिसुकै गठबन्धन गरेर सरकार बदले पनि देशको हितमा छैन।

बारम्बार धोखा खाएर पनि नचेत्ने नेपाली कांग्रेसलाई भनेर पनि केही उपलब्धी देखिएन। यस्तो अबसरवादी चरित्रले भरिएका पार्टिहरुबाट अब जनता सचेत भैसकेका छन्। जनताहरु निर्णायक मोडमा उत्रन ढिलो नगरौं। अभियन्ता साथिहरुलाई पनि बिलम्ब नगरी आन्दोलन अगाडी बढाउन अनुरोध छ। अहिलेको गठबन्धनको सरकारमा आएका मानिसहरु सबै अभियोगमा मुछिएका र त्यो कर्तुत मेटाउन ल्याईएको देखिन्छ। सहकारी ठगीदेखी बिदेशीलाई नागरिकता दिलाउने र सुन तस्करीमा मुछिएकालाई सजायको बदला पुरष्कृत भएका छन्। यहाँ चोरलाई चौतारो र साधुलाई सुली हाल्नेहरुबाट जोगिनुको बिकल्प छैन। पशुपतिनाथले सबैको रक्षा गरुन।
जय नेपाल।

(लेखिका थापा पूर्व सासंद समेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...