News Portal

अब पद्मरत्न तुलाधर सम्झनामा मात्रै, नेवारी परम्पराअनुसार अन्त्येष्टि गरियो

हिमाली संचार संवाददाता
५६७ पटक

काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ ।

तुलाधरको काठमाडौको शोभाभगवतीमा  नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा अन्त्यष्टि गरिएको हो ।

यसअघि उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको थियो । तुलाधरलाई अन्तिम श्रद्धान्जली दिन उपराष्ट्रपति ननदबहादुर पुन उनको निवासमै पुगेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले तुलाधरको परिवारलाई समवेदना सन्देश पठाएका थिए । त्यस्तै नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, नयाँशक्तिका डा बाबुराम भट्टराईलगायतका नेताहरुले उनीप्रति श्रद्धान्जली अपर्ण गरेका थिए ।

मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको आईतबार दिउँसो निधन भएको हो ।

मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाएएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित थिए । स्वर्गीय तुलाधरले तत्कालीन माओवादी विद्रोहीलाई राजनीतिक मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन कम्युनिष्ट पार्टीहरुको समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत बनेका उनी प्रखर वक्ताको रुपमा पनि परिचित थिए । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि तुलाधरले सूर्य चिन्ह लिएर चुनाव लडदै दुई पटक सांसद भएका थिए ।

उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए । स्वर्गीय तुलाधरको श्रीमति, २ छोरा, २ छोरी छन् ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...