News Portal

कुवेतको झापाली समाजले सम्पन्न गर्यो पाँचौं महाअधिवेशन

हिमालीसंचार संवाददाता
३३२ पटक

कुवेत सिटी। झापाली समाज कुवेतको आफ्नो पाँचौं महाअधिवेशन सम्पन्न भएको छ।

कुवेतको कवडस्थित रमणीय स्थलमा भव्य रूपमा ८ मार्च २०२४ शुक्रबारका दिन सम्पन्न पाँचौं महाअधिवेशनले २०२४–२०२६ कार्यकालको लागि राजु धिमालको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

समाजका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद तिम्सीनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामाहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल, गैरआवासीय नेपाली संघ कुवेतका उपाध्यक्ष दामोदर बटला, पत्रकार जय नारायण थारुको विशेष आतिथ्यता तथा कुवेतको नेपाली समाजमा कृयाशिल संघसंस्थाका पदाधिकारीहरू, पत्रकार, समाजसेवी, वुद्धिजीवि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा झापाली तथा गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कुवेतमा रहेका झापालीहरुको साझा संगठन “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत लम्सालले “यहाँहरुको नारा नै काफी छ, प्रवासमा छरिएर रहेका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु आफैंमा शक्तिमा परिणत हुनु हो” भन्दै यसको सदुपयोग गर्दै सबैलाई सहयोग गर्दै अघि बढ्न तथा कसैलाई पनि गलत कृयाकलामा लाग्न नदिन रगर्न हुने र नहुने काम कुराहरू बारेमा पनि खास गरे कुवेत आउने नयाँ दाजुभाई दिदीबहिनिहरूलाई सचेत गराउन आग्रह गरे।

त्यस्तै झापा जिल्ला अरू जिल्लाको तुलनामा स्वास्थ्य, शिक्षा तथा विकासमा अगाडि रहेको बताउँदै अन्तर्राष्ट्रय रूपमा फैलिएको झापालीहरूको नेटवर्कले झापा र झापालीको लागि मात्र नभएर सम्पुणर् नेपालीको भलाइको लागि र सबैलाइ सहयोग गरेर निरन्तर अगाडि बढ्न सल्लाह दिंदै नेपाली समाजमा हुने सबै राम्रा कामहरूलाइ दूतावासको तर्फ सहयोग रहने बताए।

अधिवेशन कार्यक्रममा एनआरएनए कुवेतका उपाध्यक्ष दामोदर बटला, पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल, पत्रकार जय नारायण थारु लगायतले शुभकामना मन्तव्य दिएका थिए।

शुभकामना मन्तव्य दिने वक्ताहरूले झापाली समाज स्थापनाकालदेखि नै झापाली समाजले गरेका राम्रा कार्यहरूको सराहना गर्दै झापा जिल्लाको विकास र झापाली दाजुभाई दिदीबहिनीहरूलाई आपत विपत पर्दा सहयोग गर्ने कार्यला निरन्तरता दिन आग्रह गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सदा हातेमालो र सहकार्य गरेर अघि बढ्ने बताएका थिए।

राष्ट्रियगानबाट शुरू गरिएको समारोहमा उपस्थिती सम्पूर्णलाई ध्रुबकुमार संग्रौलाले स्वागत गर्दै, सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिद्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेको समारोहलाई भुवन सुवेदीको संचालन गरेका थिए।

महाअधिवेशन समारोहमा स्थापनाकालदेखि समाजलाई विशेष योगदान दिएका लोमस वास्तोला, छत्र कार्की, गोबिन्द न्यौपाने र छबिमाया पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

आजिवन सदस्य राम न्यौपानेलाई आजीवन प्रमाणपत्र हस्तात्राण गरिएको थियो भने, पाचौँ महाअधिवेशन समारोहका सभाध्यक्ष गोविन्द प्रसाद तिम्सीनाले महाअधिवेशन सम्पन्न गर्न प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिंदै कुवेतमा रहेका झापालीहरुको साझा संगठन “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आईरहेको र अहिले सम्म विवादरहित ढंगले चल्दै आएको बताउँदै नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ कुवेत, पत्रकार महासघ कुवेत शाखा र कुवेतमा रहेका अन्य संघसंस्थाहरुसंग आगामि दिनमा पनि सबैसँग हातेमालो र सहकर्य गरेर अघि बढ्ने बताउँदै उद्घाटन सत्रलाइ समापन गरेका थिए।

निर्वाचन समितिको तर्फबाट संयोजक, लोमस वास्तोलाले समाजको नीति नियम, बिधान आचार सहिंतामा रही समाजलाई अझ सशक्त रुपमा समाजलाई अगाडि लईजान सबैलाई अनुरोध गर्दै सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिको नामावली घोषणा गरेर अधिवेशन सम्पन्न भएको थियो।

पाँचौं महाधिवेशनबाट २०२४ – २०२६ का लागि नव निर्वाचित कार्यसमिति यस्तो रहेको छ:-

अध्यक्ष – राजू धिमाल
उपाध्यक्ष – लीला पाण्डे
– प्रेम कार्की
महिला उपाध्यक्ष – छबिमाया पौडेल
महासचिब – राम न्यौपाने
सचिब – गोबिन्द न्यौपाने
कोषाध्यक्ष – गोबिन्द कार्की
सह-कोषाध्यक्ष – राजिब बान्तवा राई

सदस्यहरु:-
१) छत्र कार्की
२) भुवन सुवेदी
३) धुर्व कुमार संग्रौला (कुमार झापाली)
४) सुजता बस्नेत
५) कल्पना कार्की
६) सुनीता चूड़ाल
७) उमा देबी दर्जी
८) नारायण भट्टराई
९) अम्बिका थापा
१०) नबीन धीमाल
११) सितादेवी भण्डारी
१२) कृष्ण बहादुर राउत
१३) नवीन बिमली

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...