News Portal

मोरङको रंगेलीमा आफ्नो पुर्ख्यौली पेशालाई अँगाल्दै बब्लु र छोटु

रबिन्द्र बराल, मोरङ
३५५ पटक

फाल्गुण-२५, शुक्रबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-४ रमाइलोमा बसोबास गर्दै आएका  बब्लु साह र उनका भाई छोटो साहले विगत २० वर्षदेखि मोरङको पुरानो बजार दोहमानामा चटपटे व्यवसायी पेशालाई अँगाल्दै आएका छन्।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएतापनि उनीहरुले भने  नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्। सुरुको अवस्थामा घरको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा उनीहरुले पढाईलाई निरन्तरता दिन सकेनन्। उनीहरु पढाईबाट वञ्चित भएपछि बुबाले गर्दै आएको पेशालाई नै जिम्मेवारी लिएर निरन्तरता दिन थालेको बब्लुले बताए। 

गाउँघरका युवाहरू धेरै विदेश गएता पनि उनीहरुले भने स्वदेशमै बसेर आफ्नो जीवनयापन गर्न सहज हुने विश्वास गरेपछि उनीहरुले सोही पेशालाई अँगालेको बताए। उनले ११ वर्षको उमेर हुँदा नै पढाइ छाडेर   चटपटे व्यवसायमा लागेको बताए। 

युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएतापनि उनीहरुले भने आफ्नै पुर्ख्यौली पेशालाई निरन्तरता दिन सोही पेशा गर्न थालेको बब्लुले हिमालीसंचारडटकमसंग बताए। सो पेशाबाट उनीहरूले अहिले आफ्नो १२ जनाको घर परिवार धान्दै आइरहेका छन्।  

चटपटे व्यवसायबाट उनीहरुले ३ कट्ठा जग्गा समेत खरिद गरेर अहिले सोही स्थानमा बसोबास समेत गरिरहेको छोटुले बताए। उनीहरूले प्रत्येक आइतबार बिहिबार लाग्ने दोहमाना बजारमा आफ्नो चटपटे व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन्। 

उनीहरूले साताको दुई दिनमा २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बब्लुले बताए। उनीहरूले बनाउने चटपटेमा विभिन्न प्रकारका धेरै सामग्री हालेपछि थोरै पैसामा पनि धेरै चटपटे आउने भएको कारणले गर्दा ग्राहकहरू झुम्मिएर बस्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...