News Portal

कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौं। कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन्।

राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २ लाख ७० हजार रुपैयाँ लाग्छ र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राणाको खोजतलास गर्ने क्रममा आइतबार बुढानीलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...