News Portal

राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता रङ्गेलीमा सुरु

रबिन्द्र बराल
३१९ पटक

मोरङ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले १६औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

नगर स्तरीय साे खेल फाल्गुन ८ गतेदेखि १० गतेसम्म विभिन्न बिधामा खेलहरुकाे आयोजना गरेको छ। नगरपालिका भित्र रहेकाे सामुदायिक विद्यालयकाे आदर्श माध्यमिक विद्यालय गणेश मावि चोप्राह, रत्न मावि रञ्जनी, महेन्द्र मावि, महालक्ष्मी विद्यालय लगायत गरी १३ वटा विद्यालयहरू सहभागी रहेका छन्।

निजी विद्यालयहरूमा मिलिल्यान्ड बोर्डिङ स्कुल, न्यु स्टार बोर्डिङ स्कुल, बालज्योति इङ्लिस बोर्डिङ स्कुल,गरि जम्मा ७ वटा जम्मा १९ बटा बिद्यालयका बिधार्थिहरुकाे सहभागीता रहेकाे थियोे।

बिधार्थिहरुले दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प ,कराँते लगायतकाे खेलहरु खेलाईएकाे थियो। खेलमा बिजेता, उपबिजेता हुने खेलाडी हरुलाई सिल्ड र प्रमाणपत्र, तथा मेडल समेत बितरण गरिने आयाेजकले जनाएको छ।

उक्त खेलमा रङ्गली नगरपालिकाका मेयर दिलिपगडिया उपमेयर भुमा पराजुली कार्यकारी अधिकृत जितेन्द्र गौतम शिक्षा अधिकृत रविन्द्र पण्डित, वडा अध्यक्ष रामचन्द्र मण्डल, ढक प्रसाद आचार्य, सुजित मण्डल, अवधेश मण्डल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं, स्थानीय बुद्धिजीवी सुरेश मिश्रा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका लगायतको समेत उपस्थिति रहेको थिय।

उक्त कार्यक्रममा स्काउट नेपाल रङ्गेली शाखाले समेत सहभागीहरूलाई सलामी समेत दिएको थियो भने विभिन्न विद्यालयका छात्रछात्राहरूले विभिन्न गीतमा समेत नृत्य गरेर सहभागीहरुलाई मनोरञ्जनसमेत गराएका थिए।

कार्यक्रमको प्रमुख अतिथिले भने निजी विद्यालयको सिकाे सिकेर सामुदायिक विद्यालयले समेत अहिले बालबालिकाहरुलाई नृत्यमा सहभागी गराएकोमा धन्यवाद समेत दिएका छन्।

आगामी बजेटमा सामुदायिक विद्यालयमा समेत खेलकुद र नृत्य जस्तो कलालाई समेत सम्मान गर्दै आगामी बजेटमा समेत विद्यालयहरूलाई बजेट छुट्याउने बताउनुभयो।

औपचारिकरुपमा उद्घाटन पश्चात रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच एक सय मिटर दौड प्रतिष्पर्धा गराउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...