News Portal

ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व सचिवसहित १२ जना दोषी ठहर

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं। विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनको लगातार सुनुवाइपछि बिहीबार फैसला भएको हो।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो।

यो प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन्।

उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ। उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो।

यसैगरी सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी पनि दोषी ठहर भएका छन्। तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पनि यो प्रकरणमा दोषी ठहरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...