News Portal

  • लागुऔषध नियन्त्रण अभियानमा रंगेली प्रहरीकाे सक्रियता

    रविन्द्र बराल
    १७० पटक

    मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले लागुऔषध नियन्त्रण अभियानलाई तिव्रता दिएको छ।अभियानलाई तिव्रता दिएसंगै सो कार्यालयले विगत ६ महिना भित्र ठुलो परिमाणमा लागुओैषध नियन्त्रणमा लिनुका साथै लागुऔषध ओसार पोसार, प्रयोगकर्ता तथा बेचबिखन कार्यमा सङ्लग्न व्यक्तिको पहिचान गर्दै नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाएको छ।

    पछिल्लो समयमा सिमाक्षेत्रमा लागुओैषध ओसार पोसारमा युवाहरुको सक्रियता वढेको पाइएको छ। लागुऔषध प्रयोगकार्ताले सिमानाका भारतीय बजारहरुमा गएर लागुऔषध प्रयोग गर्ने र बिक्रीवितरणका लागि ल्याउने गरेका छन।

    सो विषयको सुचना पाएपछि प्रहरीले रंगेलीसंगै सिमानाका जोडिएका ठाउँहरुमा उच्च शर्तकता अपनाउदै त्यस्ता शंखास्पद व्येक्तिहरुको आवतजावत तथा गतिविधिमा निगरानी वढाउदै चेकजाचलाई तिव्र वनाएको प्रहरीले जनाएको छ।

    भारतिय सिमानाकासंग जोडिएका रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टि, सिक्टि, बरडंगा, मायाँगन्ज, नोचालगायतका स्थानहरुबाट भारतबाट लुकाई छिपाई आबैध रुपमा लागुओैषध ओसार पसार हुने मुख्य नाका भएकाले सो स्थानमा प्रहरीले सक्रियता वढाएको छ।

    ६ महिना अघि सरुवा भएर ईलाका प्रहरी कार्यलयको जिम्मेवार सहमाल्नु भएका प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले सिमाक्षेत्रमा आवतजावत गर्ने शंखास्पद युवाहरुको पहिचान लागि गोप्य रुपमा निगरानी वढाउन सादा पोसाकमा प्रहरी परिचालन गरिएको वताउनुभयो।

    सो कार्यालयले ६ महिनायता लागु औषध कारोवारमा संलग्न एक टेम्पो चार मोटरसाइकल सहित १३ जनालाई पक्राउगरि मुद्धा चलाइएको उहाँले वताउनुभयो। सो अवधिमा प्रहरीले गाँजा ७ केजी ५०० ग्राम लागू औषध ट्याब्लेट ७ हजार ५सय ३१ पिस, ब्राउन सुगर १ हजार ८ सय ५० मिलिग्राम, प्रतिबन्धित सिरफ २१ बोतल समेत बरामद गरेको छ।

    त्यस्तै प्रहरीले लागुऔषध प्रयोगकर्ता ३ जनालाई सुधार केन्द्रमा पठाएको छ। सो कार्यालयले लागू ओैषध नियन्त्रणका विषयमा जनचेतना जगाउन सिमाक्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विभिन्न जनचेतना मुलक कार्यक्रमसमेत गर्दै आएको छ। सो क्रममा १ सय २१ वटा विद्यालयमा त्यस्ता कार्यक्रम संचालन गरिसकेको प्रहरी निरिक्षक चौलागाईले वताउनुभयो।

    स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसंग लागुओैषधका बिषयमा जिज्ञासा राख्दा उनीहरु भन्छन सिमाक्षेत्रमा लागुओैषधकाे केन्द्र रंगेली बन्दै गएकाे र अहिलेसम्म प्रहरीलाई आफूहरुले साे बिषयमा कुनै सुझाव दिन र लिन नसकेको स्वीकार समेत गरेका छन।

    भारतीय सिमा सुरक्षाहरुले लागुओैषध प्रयोग गर्ने सिमामा रहेका टहराहरु समेत केही महिना अगाडि स-साना झाेपडि घरहरु समेत भत्काएर उक्त ठाउँबाट लागू ओेैषधमा सङ्लङ्न नेपाली ४ जना युवाहरुलाई समेत ब्राउन सुगर सहित पक्राउ गरेर भारतमा मुद्दा दर्ता समेत गरेको भारतीय स्राेतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...