News Portal

राजनितिक जीवनमा हुनुपर्ने चार गुणहरु !

कमला थापा
३१३ पटक

चाणक्य निति शास्त्रले भन्छ। ब्यक्ति चाहे जो होस उसलाई सफल बनाउने चार गुणहरु हुन्छन्। यो विशेष गरेर राजनीतिक जीवनलाई आधारित गरेर चाणक्यले भन्न खोजेको कुरा हो। ती गुणहरू हेर्दा सामान्य लाग्न सक्छ। तर त्यसको बिषेशतालाई बुझ्न सके नेतालाई राजनेता बनाउन मद्धत पुर्याउछ भन्छन्। जस्तो:- दानी हुनु, निर्णय लिने क्षमता, धैर्यता, मिठो बोली यदी नेताहरुमा यति मात्र गुण भएपनी उनिहरुको रानैतिक जीवन सफल हुन्छ। चाणक्य भन्छन् यो‌ कसैले सिकाएर सिकिने कुरा होईन मानिसको स्वभावमा भरपर्ने कुरा हो। जुन जन्मसिद्व‌ ल्याएको हुन्छ। तर‌ के यस्ता गुणहरु हामिले हाम्रा नेताहरुमा पाएका छौ ? पाएको भए जनताले यति कष्ट ब्यहोर्नुपर्ने थिएन।

संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र हुदै अहिले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय ब्यवस्थासम्म आईपुग्दा देशले के गुमायो। जनताले के पाए ? मूलुक अस्तब्यस्त अबस्थमा कसरी पुग्यो ? एक एक हिसाब खोज्नेबेला आएको छ। देशका संवैधानिक अंगहरु सबै सिथिल अबस्थामा देखिन्छन्। जनताको काम केही हुदैन। ऋणैऋणमा डुबेका जनतालाई देश भित्र गरिखाने ठांउ छैन। रोजगारी बिहिन यूबाहरु बिदेशमा श्रम बेच्न जानुको बिकल्प नहूदा गाउँ सुनसान खण्डहर, उजाड बन्दै गयो। राजनितीक दल, सरकार कोसैले हेर्ने सुन्नेवाला छैन। भौतिक पलायनसंगै बौदिक पलायनले देश रित्तिदै गयो। यो कहालिलाग्दो कुरा हो। तर राजनैतिक दल, सरकार यसैमा रमाएको छ।

जनता बिहिन राष्ट्र हुनसक्दैन। देश भनेको जनता, राष्ट्, राष्टि्यता धर्म संस्कृति सभ्यता र माटो हो। चुच्चे नक्सा निकालेर गर्भ गर्नेहरुले भूमि फिर्ता गर्न सकेका छैनन्। अझै भन्नु पर्दा त्यही नक्साको पनि औपचारीक जानकारी मित्रराष्ट्रहरुलाई नगराएको देखियो। सरकारमा हूदां केही नगर्ने बाहिर हूंदा ठुला गुड्डी हाक्ने पार्टिका नेताहरुले पालेका तस्कर, माफिया, भू-माफियाहरुले सरकारी जग्गाहरु खाइसकेको, ललिता निवासको जग्गा खानेलाई जग्गा फिर्ता गर्न लगाएर एमालले नजिर बनाईदियो। अहिले बांसवारी छाला जुत्ता कारखानाको जग्गा हडप्नेले पनि जग्गा फिर्ता गर्ने सर्तमा रिहा भएको खवर छ। कति सजिलो चोरले चोरेको धन फिर्ता गरेपछि सफाई पाउने ?

गणतन्त्रमा यस्ता नजिर बसाइदै छ। त्यो पनि सायद उच्च घराना र प्रतिष्ठित बर्गमा गनिएकालाई मात्र होला ! अहिले गिरि बन्धु टी स्टेटको जग्गा पनि सट्टा, पट्टा खरिद गर्न नपाईने भनेर सर्वोच्चको निर्णय आयो। नत्र भू-माफियाहरुले पचाई सक्ने थिए। देश यसरी नीति बनाएरै खुलेआम लुट्ने काम भईनै रह्यो। यसरी फिर्ता गर्नुपर्ने जग्गा धेरै छन्। राजा हटाएपछि नेपाल ट्रष्टमा ल्याईएको जग्गा ७ हजार ५ सय बिघा भन्दा बढि छ। गिरिबन्धु टी-स्टेट को २३ हजार ४५ बिघा र अधिराज्य भरि सबै गरेर लगभग ५५ हजार बिघाको हाराहारीमा भएको खबरहरु आएका छन्। त्यो सबै नेपाल ट्रष्ट् र सरकारी स्वामित्वमा ल्याउनु पर्छ। यसरी देश लुटिएको छ। यहां सरकार कहां छ ? ०७२ साल पछिका सरकारहरु नीतिगत रुपमै राज्य दोहन गर्न उद्दत छन्। सरकार बिहिन अबस्थामा देश चलेको छ।

जनताहरुको दैनिक अभावको जिन्दगी। रोग, भोक, शोक र ऋणमा डुबेका जनता। बैंक, सहकारी मिटर ब्याजबाट पिडित जनता सडकमा आन्दोलित छन्। केही ब्यापारी, बिचौलिया, माफियाहरुको सम्लगन्नतामा नेताहरु जनता माथिनै अत्याचार गर्दैछन्। छानबिन आयोग बनाईन्छ केवल देखाउनको लागि काम केही हुदैन। सरकारी, नेपाल ट्रस्टको जग्गा हडप्नेहरुको लिस्ट लामै छ। दुईदिन पक्रिएर तेश्रो दिन छोडिन्छ। यहां तस्करहरुको मात्र जयजयकार हुन्छ। न्याय उनीहरुलेनै खरिद गरेका छन्। न्याय त्यस्तैले मात्र पाउछन्। यसैको लागि राजसंस्था सिध्याईएको रहेछ भन्ने बुझ्न अब गारो नहोला। राजसंस्था हूंदा यस्तो ब्रम्म लुट गर्न पाईने थिएन।

किनकी राजालाई देश चाहिन्छ। उसले देश बेच्न सक्दैन देश र जनताको मायां हुन्छ। राजा अन्त गयर दोश्रो नागरिक भयर बस्न चाहदैनन्। त्येसैले त जननायक विपी कोइरालाले भनेका होलान “राजाको गर्धन माथि मेरो गर्दन छ” राजसंस्था रहेमात्र देश रहन्छ। जुन दिन राजसंस्था रहदैन त्यतिबेला देश पनि रहने छैन। आजको अबस्था त्यही मार्ग तर्फ उन्मुख हुदैगयको देखिन्छ। आजीवन प्रवास र १८ महिना मात्र प्रधानमन्त्री भयका ८ बर्ष राजाले जेल हालेका भयपनी विपी कोईराला कहिले राजसंस्था प्रती पुर्वाग्रही देखिएनन्। कारण उनी राष्ट् प्रेमी, देश भक्त थिए। त्यसैले त उनी अमर छन् राजनेता विपीको शिद्वान्त, बिचार, मूल्य र मान्यताको अहिले खडकिएको अबस्था छ। कांग्रेसले अहिले पनि सांच्चै विपीलाई आफ्नो आदर्श मान्छ भने बिपीको मार्गमा जानै पर्छ। तर कांग्रेसमा सकुनीको भूमिका खेल्ने त्यस्ता एक आद ब्यक्ति छन्। जसले नेपाली कांग्रेसलाई उभो लाग्नै दिदैन। र उ आफुपनि बारम्बार असफल हुदैगयको देखिन्छ। स्व. गिरिजा बाबु र राजाको बिचमा पनि यस्तै ब्यक्तीले षड्यन्त्र रचेका थिए।

अहिले राजसंस्था पुनःस्थापनाको माग तिब्र रुपमा बढेको छ। तर केही राष्ट्रघातीहरुलाई यसले चिन्ता बढाएको देखिन्छ। केही बुद्धिजिवीहरु बुझेर बुझ पचाउदै गरेको पनि पाइन्छ। राजा कुन बाटोबाट आउछन् ? के गाडी चढेर आउछन् की बस चढेर ? की यूटुपमा बोलेको भरमा आउछन् ? यदि राजा आउने भए उनी आफै सडक आन्दोलनमा निस्कनु पर्छ आदि। यो राष्ट्रप्रतिको अपमान हो। यदि त्यस्तो हुँन्थ्यो भने के हिजो राजाले म कुनैपनि हालतमा राजसंस्था छाडेर जान्न भन्दै सडकमा ओर्लेको भए राजसंस्था जोगिन्थो ? १७ हजार जनता मारिसकेका थिए। देश रक्तमय हुनबाट बचाउन, ७ पार्टी र स्व.गिरिजाप्रसाद कोइरालाले आफ्नो दुतलाई सन्देश बाहक पठाएर राजालाई केही समयका लागि बाहिर बसिदिने र उपयूक्त समय मिलाएर हामी सरकारलाई स-सम्मानका साथ फर्काउने छौ। भन्ने कबुलियत गरेका कारण राजाले शान्तिपूर्वक जनतालाई आफ्नो नासो श्रीपेच बुझाएर हिडेका हुन्। के त्यो राजाको ईमान्दारीता थिएन ? तर पार्टीहरुले आफुले गरेका कबुल अहिले सम्म पुरा गरेनन्। तत्कालीन आन्दोलनकारी हामी पनि हौं। म त नेपाल महिला संघको महामन्त्री थिए। पूर्णजिम्मेवारपूर्बक भूमिका निर्वाह गरेको एक योद्धा पनि भएकोले कतिपय प्रमुख कुराहरुसंग नजिक पनि थिए। त्यसैले भन्न सकिन्छ। राजनीतिमा ईमान्दारिता भएन भने राजनिती टिक्न सक्दैन।

आज ति सन्देशबाहक ब्यक्ति, राजा ज्ञानेन्द्र शाह र तत्तकालिन ७ पार्टी सबै छन्। ईमान्दारीता राजाले मात्र हैन अब ७ पार्टीले देखाउनुपर्छ। हिजो राजा र पार्टीहरुबिच भएको ५ बूदें सहमतिमा लेखिएका शब्दहरूको अक्षरस पालना गर्ने समय आयो। गिरिजाप्रसाद कोइराला नभएको फाईदा उठाएर आफ्नो देशको आन, मान र सान गुमाउन दिनु हुँदैन। जनताले अब यस्ता कुराको पार्टिहरुलाई सोध्नुपर्छ। अन्तमा गणतन्त्र जसरी आएको थियो। राजसंस्था पनि त्यसै गरि आउछ। जनतालाई बुझाएको नासो जनताले राजा ज्ञानेन्द्र शाहलाई फिर्ता गर्नुपर्छ। राजा आउने भनेको ०४७ सालको संबिधानमा टेकेर नै हो। जुन संबिधान अन्तरगत बाहिरिएका थिए। संबैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रमानै यो देशको भलाई छ। राष्ट्रपिता पृथ्वीनारायण शाहको अथक प्रयासले आर्जेको मूलुक हो। यो कसैको बपौती र मुफतमा पाएको बिर्ता होईन। उनको बंशजले आर्जेको मूलुक उनैलाई बाहिर राखेर देश सुरक्षित रहन सक्दैन। जनताले राजसंस्था जोगाउनुपर्छ यसैमा नेपाल र नेपालीको हित हुने छ। पशुपतिनाथले यो देशको रक्षा गरुन्। जय नेपाल।

(लेखिका नेपाली कांग्रेसको पूर्वसांसद समेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...