News Portal

किसानलाई एस्प्रे ट्यांकी वितरण

रविन्द्र बराल
२०६ पटक

मोरङ। “एक घर एक स्प्रे ट्याङ्की”को मुल नारासहित किसानहरुलाई ट्याङ्की वितरण गरिएकाे छ। माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे। वडाले एक कार्यक्रमको आयोजना गर्दे कृषकहरुलाई लक्षित गर्दे ट्याङ्की हस्तान्तरण गरिएको छ।

वडाका कृषक सीताराम राजवंशी, प्रदीप मण्डल, खुश्बु दास, मन्जु देवी मण्डल, दिल कुमारी महतो लगायत ३९ जना कृषकहरुलाई एस्प्रे ट्याङ्कि वितरण गरिएको थियोे।

नगर प्रमुख नगर श्याम राजबंशी, उपप्रमुख मिरा दास, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, वडा सदस्य, लगायतकाे उपस्थितिमा कृषकहरुलाई खेतबारीमा किटनाशक ओैषधी छर्नेका लागि अति उपयोगी ट्याङ्की वडा अध्यक्षकाे पहलमा बितरण समेत गरिएको हाे।

यसरी हामी कृषकहरुलाई आवस्यक पर्ने सामग्री दिएर कृषकहरुकाे उच्च सम्मान गरेकाे र वडाले कृषकहरुका लागि बिगतका दिनहरुमा बाेट बिरुवाहरुकाे परिक्षणसमेत गराएर कृषककाे सम्मान गरेको र आगामी दिनहरुमा समेत यस्तो कार्यक्रम गरेर लैजादै जानुपर्ने स्थानीय कृषक प्रदिप मंण्डलले बताए।

हाम्रो वडाले बिगतका दिनहरुमा समेत कृषकी, युवा, महिला तथा अन्य कार्यक्रमहरु समेत गरेर अगाडि बडिरहेकाे र यस्ता कार्यक्रमहरुले वडा बासीहरुकाे दुख नै मेराे दुख भएको र अबका दिनहरुमा समेत आफुले वडा बासिहरुलाई यस्तो कार्यक्रमहरुकाे आवस्यकता समेत महसुस गरेर आगाडी बडदै लैजाने वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...