News Portal

छात्राहरुका लागि विद्यालयको चेन्जिङ रुम स्थापना

हिमालीसंचार संवाददाता
२१९ पटक

मोरङ। मोरङको रङ्गेली नगरपालिका-७ स्थित आदर्श माध्यमिक विद्यालयले छात्राहरुका लागि चेन्जिङ रूमको व्यवस्थापन गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै रङ्गेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले उक्त रुमको रिबन काटेर उद्घाटन गरेकी हुन।

उक्त कार्यक्रम रबिन्द्र कुमार पण्डित व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष रामचन्द्र मण्डल विद्यालयका प्रधानाध्यापक विशेश्वर सिंह मेवहाङ, शिक्षिका, शिक्षक, विद्यार्थी, अभिवावकलगायतको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

चेन्जिङ रुङमा रङ्गले नगरपालिकाले दुईवटा बेड दिनुका साथै विद्यालय प्रशासनले ओछ्यान, सिरानीकाे आन्तरिक स्राेतबाट व्यवस्थापनसमेत गरेको थियोे। विद्यालयमा विगतका दिनहरूमा मैनाबारी भएपछि छात्राहरूले आफ्नो पढाइ छाडेर विद्यालयबाट बिदा लिएर घर जानुपर्ने अवस्था समेत रहेको थियो। तर अब उक्त चेन्जङ रूम निर्माण भएपछि अहिले विद्यार्थीहरुले आफ्नो समस्याको समाधान गरेर आफ्नो पढाइमा फर्किन सक्ने विद्यालयका प्रधानाध्यापकले बताएका छन।

उक्त चेन्जिङ रुममा कक्षा ७ देखि १० सम्मका छात्राहरूलाई मैनाबारी भएको समयमा उक्त रुममा गएर प्याड लागाएर पठाईमा जान समेत सहज भएको कक्षा ९ मा अध्यनर राजमणि साहले बताईन। मैनावारी हुदा आफुले केही महिना अगाडि विद्यालयमा पढाइ छाडेर विद्यालय र घर गएर जानुपर्ने वाध्यता रहेको र अब भने साे समस्या नरहेकाे छात्राहरुले बताए।

विद्यालयका प्रधानाध्यापकका अनुसार उक्त रुममा ट्वाइलेटसहितकाे बाथरूम रहकाे र बाथरुममा छात्रा हरु मैनावारी भएको समयमा नुहानु परेमा धारासहितकाे झरना समेत राखिने र छात्राहरुकाे शारीरिक समस्या भएको समयमा १ दुई घन्टा रेष्ट गर्नु परेमा सबै बिषयका किताबसमेत राखिने र साे समयमा साेहि कक्षागत किताबकाे समेत अध्यन गर्ने सकिने व्यवस्थापन गरिने विद्यालयका प्रधानाध्यापकले बताए।

नेपाल सरकारले सरकारी नमुना विद्यालयमा स्टाफ नर्सको व्यवस्थापन गरेता पनि अन्य विद्यालयमा भने स्टाफ नर्स नभएको हुनाले नगरपालिकाले स्टाफ नर्स व्यवस्थापन गर्नुपर्ने कुरामा समेत जोड दिएका छन्। रत्न माध्यमिक विद्यालय गणेश मावि चोप्राहमा समेत चेन्जिङ रूपको व्यवस्थापन गर्ने समेत लागि परेको उपमेयर भुमा पराजुलीले बताईन।

विद्यालयले चेन्जिङ रुममा पालना गर्नुपर्ने नियमहरुमा चेन्ज गरिएको प्याडलाई डस्बिनमा फ्यालने, दराजमा रहेको प्याडलाई आवश्यकता अनुसार मात्र प्रयोग गर्ने, डालोमा भएको भित्री वस्त्र (पेण्टी)लाई आवश्यकता अनुसार मात्र प्रयोग गर्ने, बिरामी भएको अवस्थामा मात्र बेडमा सुत्ने जस्ता नियमकाे पालना समेत गर्ने विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...