News Portal

भू-राजनैतिक चपेटामा देश

कमला थापा
५७९ पटक

गणतन्त्र आएको दिनदेखी देश बिदेशीहरुको फुटवल मैदान बन्दै गएको छ। राजनैतिक दलहरु देशप्रति बफादारी र जनताप्रति उत्तरदायी नहूंदा देशमा दिनप्रतिदिन खतरा बढ्दै गएको हो। लम्पसारबादले नेपाली जनताको भविष्य अन्योलतातर्फ बढदोछ। राष्ट्र चलाउने नेताहरुमा राष्ट्र, राष्टि्यता, धर्म , संस्कृतिप्रति जिम्मेवार नहूंदा देश बिदेशीहरुको खेल मैदान हुदै गएको तथ्यलाई कोसैले नकार्न सक्ने अबस्था छैन। सानो भन्दा सानो कुरामा पनि देशका नेताहरु बिदेशीकै मुख ताक्ने प्रबृतिले गर्दा देश असुरक्षित बन्दै गएको हो। यो खतरा जबदेखी MCC, SPP पास गरियो त्यसपछी देशमा अझै ज्यादा खतरा बढेको देखिन्छ।

MCC पास हूंदासम्म मौन रहेको भारत Spp पास नहोस् भन्ने पक्षमा थियो। तर नेपालले त्यस्लाई अस्वीकार गर्न नसकेको अबस्थाले उत्तरी छिमेकी चीन पनि आफ्नो परियोजना BRI छिटो भन्दा छिटो कार्यान्वयन गराउने पक्षमा उभिएकोले चिनको उपस्थिती बाक्लिदै गएको हो भन्न सकिन्छ। यसरी तिन शक्ति राष्ट्रहरूको होडबाजीले देशलाई खतरामा पुर्याउदै छ,भन्ने प्रष्ट देखिन्छ। यसले लोकतन्त्र जनताको शासन ब्यबस्था हो भन्ने कुरालाई मिथ्या साबित गरेको छ। यसले राष्ट्र, राष्ट्रियता दिनप्रतिदिन खतरामा पर्दै गएको र जनता असुरक्षित बन्दै गएको छैन भन्न सकिन्न। तर नेताहरु यसैमा रमाउदै आफु सुरक्षित भएको ठान्दछन्।

रोग, भोक, सोक, बैंकको ऋण, महंगो ब्याज, सहकारी संस्था, लघुबित्त, मिटर ब्याजीहरुबाट लुटिएका जनताहरु यो ब्यबस्थाका संन्चालक नेताहरुले दिएको कष्टबाट आजित भएर यस्तो पिडादायी अबस्थाबाट छुटकारा पाउन राजालाई गुहार्न पुगेका छन्। हिजो राजा हूंदा नै देश, जनता सुरक्षित थिए। प्रशासन चुस्त थियो। जनता स्वाबलम्बी थिए। समाजमा उच्च नैतिकता थियो। समाज नैतिक मूल्य र मान्यतामा आधारीत थियो। अनुशासित समाज थियो। भन्ने ठम्याइमा पुगेर राजा गुहार्न बाध्य भएको देखिन्छ।

त्यसैले जनताको रक्षार्थ पुष माघको यस्तो ठण्डि, तराईको बाक्लो हुस्सुसित लहर नभनी राजा ज्ञानेन्द्र शाह सरकार तराईका फांटफांट र जनताको घरघर पुग्दै जनताको बास्तबिक अबस्थासंग साक्ष्यातकार हुने उद्देश्यले यो उमेरमा पनि पूर्ब मेचीदेखी पष्चिम महांकाली, कर्णालीको देश दर्शनमा हिडेका छन्। जनताको हर्ष उल्लासपुर्ण उपस्थिती जयजयकारको ध्वनीले राजालाई अब मौन बस्न दिने देखिदैन। “राजा ज्ञानेन्द्र शाहले आफु कहीं नगएको, देश भित्रै बसेर जनताको साथमै रहेर दुख बुझिरहेको, एकदिन देशमा यस्तो संकटपूर्ण अबस्था आउन सक्छ। त्यो बेला राष्ट्र, राष्ट्रियता र जनताको रक्षा गर्नुपर्छ” भन्ने कुरा बुझेकोले आफु देशमै भएको र त्यसैले आफ्नो श्रीपेच राजसंस्थाको धरोहर जनतालाई सुरक्षित राख्न नासोको रक्षा गर्ने जिम्मा जनतालाई सुम्पिएर बसेको अभिब्यक्ति दिदै गर्दा जनता अझै उत्साहित देखिन्छन्।

यदी जनताले आफ्नो नासो फिर्ता लिन आग्रह र अनुरोध गरेमा जनताको बिश्वासलाई आफुले निरासा नबनाउने, जनताको विश्वासलाई साथ दिन आफु तयार रहेको बताए। यसबाट स्पष्ट हुन्छ यदी जनताले साथ दिएमा देश र जनताको भलाई यसैमा देखिन्छ। जनतानै सर्वोच्च र सर्वोपरि भएकोले नेपाली जनताको निर्णयलाई कुनै शक्तीले रोक्न सक्दैन। अब सबै जनता एकजुट भएर राजसंस्था र राजालाई साथ दिनुपर्छ। यहि नै समयको माग देखिन्छ। राजाको त्यो सहनशीलता धैर्यता, शालीन व्यक्तित्वको सम्मान गर्दै जनताले साथ दिन अब अरु ढिलो गर्नु हुदैन भन्ने आजका घटना क्रमहरुले स्पष्ट पारेको छ। आजसम्म राजासंग जो जतिले भेट्नु भएको छ। सबै प्रस्ट हुनुभएकोनै होला राजा ज्ञानेन्द्र शाहको शालिनताको दुरुपयोग कहिकतैबाट हुनुहुदैन राजा, जनता मिलेर देश जोगाउनुको बिकल्प छैन। तपाईहरुको अर्थपूर्ण भेटले लक्षमा पुग्न सफलता मिलोस भन्ने शुभकामना दिंदै श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

(लेखिका कांग्रेसको पूर्वसांसदसमेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...