News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विष के हो

    कमला थापा
    ४७७ पटक
    काठमाण्डौं

    एक दिन भगवान बुद्धलाई आफ्नो शिष्यले सोधे। प्रभु विष के हो ? बुद्धले अति सुन्दर जवाफ दिए … हर त्यो चिज, जुन जिन्दगीमा आबस्यक्ता भन्दा अधिक हुन्छ त्यो विष हो। चाहे त्यो तागत होस्, धन, दौलत, भोक, विलास, लोभ लालच, अभिमान, अहंकार, आलस्यता, महत्वकांक्षा, प्रेम होस वा घृणा होस् आबस्यक्ता भन्दा अधिक हुन्छ त्यो सबै विष नै हो। मानव जगतलाई दिएको यो सुन्दर बांणी हामीले थोरै मात्र ग्रहण गर्न सके पनि जिवन धन्न हुन्छ। बुद्ध, सीता, भृकुटी, अरनिको, राजा जनक। यस्ता बिभुतीहरुले जन्म लिएको, हिमालयको शीर श्री पशुपतिनाथको पावनभूमि हाम्रो देश नेपाल जहाँ ऋषिमुनिहरुले तपस्या गरेको स्वर्ग नेपाल हो। त्यसैमा हामीहरुलाई ठूलो गर्व छ।

    भारतका लागि नेपाल जस्तो सहनसिलता भएको मित्रदेश सायदै कोही हुन सक्ला। नेपाल मित्रराष्ट्र मात्र नभई दुई बिशाल राष्ट्र बिचको मध्यस्तकर्ता राष्ट्र पनि हो। जस्ले ईतिहांसदेखी आजसम्म दुई देशबीच शान्ति सेनाको भूमिका निर्वाह गर्दै आएको छ।

    आज मर्यादा पुरुषोत्तम श्री रामको जन्मभूमि अयोध्याधाममा प्राण प्रतिष्ठा हुदैछ। सम्पूर्ण शनातन धर्माबलम्बी हिन्दुहरुको हर्ष उल्लास छ। अयोध्या दुलही सर सजाईएरको धप्कै बलेको छ। हामी सबैको गौरवको कुरा हो। “श्री राम प्रभूको जय होस्।” धर्म शास्त्रले भनेको छ। धर्म, राजा सबैको साझा हो। भनिन्छ जहाँ धर्म हुन्छ त्यहाँ राजा हुन्छ, जहाँ राजा हुन्छ त्यहाँ धर्म हुन्छ। आज हाम्रो देशमा त्यहि कुरामाथि प्रहार भएको छ। ०७२ सालको संबिधानमा धर्म निरपेक्षता राख्न पश्चिमाहरुले ठूलो भूमिका खेले। बिदेशीहरुको गिद्धेदृष्टि पर्यो। हाम्रा नेताहरु जो माक्स, लेलिन, स्टालिन र माओका पुजारीहरु थिए। उनैको बहकाउ र ठूलो धनराशीमा बिके। नेपाली कांग्रेसका केही अनुदारवादी तत्वहरुसमेत बिकेर साथ दिए। अहिले देश धर्म निरपेक्षतामा छ। जसको मतलब हुन्छ धर्मै नमान्ने नास्तिक। यो कुरा म जस्तोलाई थाहा छैन। यस्को ब्याख्या धर्म शास्त्रि बिद्धानहरुले गर्लान। तर यतिसम्म अबस्य भन्न सकिन्छ। जस्का कारण आज देशमा धर्म संस्कृति सभ्यतामाथि सबैले प्रहार गर्दैछन्। कुनै पनि देश त्यतिबेलासम्म बलियो हुन्छ। जबसम्म त्यो देशको मौलिक धर्मले सबैलाई अनुशासित बनाईरहेको हुन्छ। तर यहि हाम्रो मौलिकता माथि प्रहार गरियो, या गर्न लगाइयो जस्ले गर्दा सार्बभौम सम्पन्न स्वाभिमानी नेपालहरुको शीर निहुरिएको छ। आफ्नै नजिकको छिमेकी मित्रराष्ट्र दक्षिणले समेत हेप्न थालेको देखिन्छ।

    बि.स ०४७ सालको संबिधानलाई टेकेर गर्नुपर्छ। कारण तत्कालीन ७ दलले राजा ज्ञानेन्द्र शाहसंग ५ बूंदे सम्झौता गरेका थिए। केहिदिन राजा बाहिर बसिदिने अनुरोध। त्यसैले राजाले आफ्नो सिंहासन जनतालाई केही समयका लागि नासोको रुपमा राखिदिन बुझाएका थिए।

    भारतका लागि नेपाल जस्तो सहनसिलता भएको मित्रदेश सायदै कोही हुन सक्ला। नेपाल मित्रराष्ट्र मात्र नभई दुई बिशाल राष्ट्र बिचको मध्यस्तकर्ता राष्ट्र पनि हो। जस्ले ईतिहांसदेखी आजसम्म दुई देशबीच शान्ति सेनाको भूमिका निर्वाह गर्दै आएको छ। त्यस्तो असली मित्र नेपाललाई त्यति ठूलो अनुष्ठान भैरहदां अन्य दुई देश बगंलादेश र भूटानलाई निमत्रणा गर्दा नेपाललाई निमत्रणा नदिनु यो अपमान महसुस सारा नेपालीहरुलाई भएको छ। नेपाल एउटा बिश्वमा शनातन हिन्दु राष्ट्र, हिन्दु राजा भएको मूलुक हो। आज राजा सिंहासन बाहिर छन्त के भयो ? तर राज्याभिषेक भएर सिहांसनमा बसिसकेका राजा उनी कहिल्यै पनि पूर्व हुदैनन्। यदि त्यसो भनिन्थ्यो भने त्रेतायुगका राजा राम, राजा दशरथ, राजा जनक किन भनिन्थ्यो होला। धर्मशास्त्रले यो कुरालाई नकार्न सक्दैनन्। नेपालीहरुको तनमनमा रहेको राजसंस्था कोसैको अहंकारले हटाउन पनि सक्दैन।

    त्यसैले त होला यूपीका मुख्य मन्त्री गोरखनाथका भक्त आदित्यनाथलगायत चार जना शंकराचार्य माठाधिसहरुले भनिरहेका छन्। श्री रामको प्राण प्रतिष्ठा गर्दा गर्भ गृहको पुजामा मन्दिरका मुख्य पुजारी आचार्य गुरु र नेपालका राजा मात्र बस्न सक्छन्। उहाहरुले त्यसै अबस्य भनेका होइनन् होला। त्यसमा पनि मर्यादा पुरूषोत्तम श्री राम त्रेता यूगदेखीनै नेपाल र अयोध्याको सम्बन्ध भएको श्रीराम नेपालीका ज्वाईँ राजा पनि भएकोले हाम्रो सम्बन्धको आनन्दमयी गाथा सदियौ पुरानो हो। जो त्रेता यूगसंग सम्बन्ध राख्दछ। आज नेपाल केही थोरै समय देखि धर्म निरपेक्षतामा भएकै कारणले निमन्त्रणा नै गर्नु हुदैन भन्ने मान्यता रहेको हो भने सायद यो अतिबादी सोच नहोला भन्न सकिन्न। यस्तो नहुनुपर्ने हो भन्ने लाग्छ। नेताहरुका कारण सारा नेपालीहरुको अपमान राम्रो लागेको होईन। तर पनि नेपालबाट उल्लेख्य उपस्थिति भएको छ। नेपालले निभाउनुपर्ने कर्तब्य र मर्यादामा कुनै कमी भएको छैन भन्ने लाग्छ।

    बिदेशीको धनमा उन्मत्त भएका, हिजो राजपरिवारको सम्पतिमा धनाढ्य कहलिएका केही उच्च घराना ब्यापारिहरु राजा सिंहासन बाहिर हूदां आफुलाई सुरक्षित ठान्नेहरु राजनैतिक दलहरुको आडमा राजसंस्था फर्काउनु हुदैन भनेर लागेका‌ छन्। आफ्नो शक्तीले भ्याएसम्मको कसरत गरिरहेका छन्। जस्ले देशी, बिदेशी तत्वहरुलाई राष्ट्रको गोप्य सुचनाहरु बिदेशी खुफिया एजेन्सीहरुलाई पुर्याएर राष्ट्र कमजोर बनाउने खेलमा पहिला देखिनै नलागेका होईनन्। जो अहिले बिश्वको धनीमानीमा गनिएका छन्। के तिनीहरुले यो देशलाई बिश्वसामु चिनाउने कुनै काम गरेका छन्। जस्को पुर्खा राष्ट्रपिता पृथ्वीनारायण शाहले आर्यको मूलुकमा उनका पूर्खालाई निकालेर बहादुरी गरेका छौ भन्ने ठान्छन् ? हो यहि महत्वपूर्ण ईतिहांसलाई संझिएर अब हामी नेपालीहरु सबै एक भएर यी र यस्ता राष्ट्घाती तत्वहरुसंग लडेर मूलुकलाई गणतन्त्रबाट मुक्त गर्न अब ढिलो गर्नु हुदैन। परिवर्तन गर्न जरुरी छ। परिवर्तन बि.स ०४७ सालको संबिधानलाई टेकेर गर्नुपर्छ। कारण तत्कालीन ७ दलले राजा ज्ञानेन्द्र शाहसंग ५ बूंदे सम्झौता गरेका थिए। केहिदिन राजा बाहिर बसिदिने अनुरोध। त्यसैले राजाले आफ्नो सिंहासन जनतालाई केही समयका लागि नासोको रुपमा राखिदिन बुझाएका थिए। अब समय आइसकेको छ जनताले उक्त नासो राजा ज्ञानेन्द्र शाह सरकारलाई फिर्ता गर्न। नेपालीका आराध्यदेव श्री पशुपतिनाथले यो शक्ति सबैलाई प्रदान गरुन्। सबैको कल्याण होस्।
    जय नेपाल

    (लेखिका थापा पूर्वसांसद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...