News Portal

  • मोरङको रंगेलीमा कोईलाको अभावमा कर्मकार समुदायको पेशा संकटमा

    रबिन्द्र बराल, मोरङ
    २९६ पटक

    माघ-६, शनिबार/मोरङ – मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोला चोक तथा आसपासमा बर्षौदेखि हसियाँ, कुटो-कोदालो लगायतका सामाग्रीहरु नयाँ बनाउनुका साथै पुरानो सामानलाई धार लगाउने  व्यवसाय गर्दे आईरहेका कर्मकार समुदायहरुको पेशा संकटमा परेको छ। 

    अहिले आफ्नो व्यवसाय सङ्कटमा पर्ने थाले पछिल्लो  समय उनीहरु चिन्तित हुन थालेका हुन । बिगत ५ बर्ष अगाडि गाउँ घरमा प्रसस्त रुपमा कोइला खरिद गरेर आफ्नो व्यवसाय सञ्चालन गर्दे आईरहेता पनि बिगत  एक बर्षदेखि कोइलाको अभावका कारण आफ्नो पेसा सङ्कटमा पर्न थालेको ३५ बर्षदेखि व्यवसाय संचालन गर्दे आईरहेका रंगेली- ३ का सतु कर्मकारले बताए । 

    १० बर्ष अगाडि गाउँ घरमा प्रस्त रुपमा दाउराको प्रयोग गरेर खाना पकाउने र उक्त दाउराबाट कोईला आफुहरुले खरिद गरेर हसियाँ, कुटो कोदालो जस्ता सामग्री बनाएर बिक्रीवितरण समेत गर्दे आईरहेको भएता पनि अहिले कोइला नपाउदा आफूहरु चिन्तित बन्दै गएको उनीहरुले बताए। 

    बर्षेदेखि सोहि पेशाबाट आफ्नो परिवारको पालनपोषण गर्दे आईरहेता पनि अब कसरी परिवार पाल्ने भन्ने चिन्तित हुन थालेका हुन। अहिले गाउँ घरमा समेत सामान्य जीवन यापन गर्ने समुदायहरुले  समेत ग्यास चुह्लो र गोबर ग्यासको प्रयोग बढेपछि कोईलाको अभाव हुन थालेको कारणले व्यवसाय नै धरासाईमा परको र पेशा नै बन्द हुने अवस्थामा पुगेको रंगेली-६ घर भएकी लालमणी सुतिहारले बताईन। 

    बिगतका दिनहरुमा ईट्टा उद्योगहरुमा ईट्टा बनाएर निकालिएको कोईलाले फलामको सामग्रीहरु बनाएर बिक्रीवितरण गरेता पनि अहिले ईट्टा उद्योगमा समेत हावाको माध्यमबाट ईट्टा पकाउन थालेपछि कोइलाको अभाव हुन थालेको र आफ्नो पेसा थप सङ्कटमा परेको अर्को व्यवसाय गर्दे आईरहेका  सुरेन्द्र कार्मकारले बताए   

    अहिले काचो खरिद गर्दा समेत प्रतिकेजी ४५ रुपैयाँ देखि ६० रुपैयाँसम्म पर्ने गरेको र उक्त कोईलाबाट आफूहरुले काम गर्दे बढी धुवाँ, बढी निस्कने र उक्त धुवाँबाट विभिन्न प्रकारको रोग समेत  उत्पन्न हुने डरले गर्दा काचो काईला प्रभावकारी नभएको समेत उनीहरुले बताए । 

    कोइलाको खरिद गर्न नपाउदा आफूहरुले काठ ४ सय रुपैयाँको खरिद गरेर २ सय रुपैयाँ बराबरको कोईला निकालेर आफूहरुले आफ्नो व्यवसाय संचालन गर्न वाध्य रहेको सुरेन्द्रले बताए। सोहि पेशाबाट परिवारको जीवनयापन गरिरहेको भएता पनि अब कोईला नहुदा व्यवसाय नै सङ्कटमा पर्ने र परिवार समेत पालनपोषण गर्ने समस्या समेत हुने उनीहरुले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...