News Portal

चुरेका सबै स्वास्थ्य केन्द्रमा ग्रामिण अल्ट्रासाउन्ड नि:शुल्क

केबि महरा
३०७ पटक

कैलाली। जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवासहित हरेक महिना अल्ट्रासाउन्ड सेवासमेत बिस्तार गरिएको छ।

पालिकाभित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउन थालिएको चुरे गाउँपालिकाका स्वास्थशाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिनुभयो।

पालिकामा हाल ३ वटा स्वास्थ्य चौकी, २ आधारभूत स्वास्थ्य चौकी तथा ४ सामुदायिक स्वास्थ्य ईकाई रहेका छन्। बिरामीको सहजताका लागि २ वटा एम्बुलेन्स सेवासमेत संचालित रहेको प्रमुख बिष्टले बताउनु भयो।

कैलाली आफैमा सुगम जिल्लाका रुपले परिचित भएपनी मोहन्याल र चुरे गाउँपालिका भौगोलिक तथा बिकासका दृष्टिकोणले अझैँ पछाडी परेका छन्।

बिबिध समस्याकाबिच चुरे गाउँपालिका आधारभुत स्वास्थ्य सेवा विस्तारमा सक्षम बन्दै गईरहेको र आगामी दिनमा स्वस्थ्य सेवालाई केन्द्रमा राखी काम गरिने गाउँपालिका उपाध्यक्ष धना देवि थापाले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...