News Portal

स्वास्थ्य बिमा मार्फत अतिरिक्त १० प्रतिशत असुल्दै सरकार

केबि महरा
२७२ पटक

काठमाडौ। सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न भन्दै थालनी गरेको स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य बिमा बोर्डको पछिल्लो निर्णयका कारण थप विवादित बन्दै गईरहेको छ।

कमजोर आर्थिक स्थितिका कारण गरिब जनताले उपचार रकमको अभावमा अकालमै ज्यान गुमाउनु परेको भन्दै हरेक नागरिकले रकम अभावकै कारण मृत्युवरण गर्न नपरोस् भनी स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच विस्तार गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरिएको थियो।

एकमुष्ट रुपमा न्युनतम रकम तिरेर बिमा गर्दा वर्ष भरको उपचारमा लाग्ने रकम उक्त बिमा मार्फत ब्यहोर्ने गरि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो।

पछिल्लो समय बिमित ब्यक्तिले अनावश्यक रुपमा स्वास्थ्य बिमाको दुरुपयोग गर्ने क्रम बढेको भन्दै बिमा बोर्डले आगामी दिनमा स्वास्थ्य बिमामा समाहित हरेक नागरिकले उपचार खर्चको दस प्रतिशत रकम आफैले तिर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष गुणराज लोहनीले जानकारी दिएका छन्।

बोर्डको यो तयारी सँगै नागरिक असन्तुष्ट बनेका छन्। सरकारले घोषणा गरेको आफ्नै शुरुवाती निर्णयबाट आफै पछाडि हटेको, आफ्ना नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर नबनेको भन्दै नागरिकहरुले आक्रोश व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...