News Portal

कोभिडका बेला स्वदेश फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौँ। मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ। कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom system sdn. Bhd./Pintarmas sdn. Bhd. मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए। कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए। तर, उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो। उक्त तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीहरूले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए।

सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो। सोही आधारमा विभागले उनीहरूले सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो।

उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...