News Portal

  • कुवेतबाट फर्किएकी महिलाले आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

    हिमालीसंचार संवाददाता
    ६१६ पटक

    काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्।

    ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनि वैदेशिक रोजगार विभागमा कम्पनीका संचालक निर्मलराय बोलाइएको थियो।

    विभागको कार्यकक्षमा उपस्थित भइ उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनि विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मलराय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

    ‘वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयमा वैदेशिक रोजगारीबाट फर्कीएका कामदारहरुको समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका संचालक बीच वैदेशिक रोजगार विभागमा छलफल हुँदै गर्दा असम्बन्धित, अनाधिकृत व्यक्तिहरु प्रवेश गरि संचालकलाई गालीगलौज, कुटपिट र हातपात हुनु र वैदेशिक रोजगार विभागले यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारवाही नगर्नु गम्भिर र आपत्तिजनक रहेको छ । यस्तो गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानूनी कारवाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, नेपाल वैदेशिक रोजगार व्यवसयी संघले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...