आज : २०२६-०६-१४, आइतबार

गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि हातपात

काठमाडौँ। कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन्।

प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत विष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

उक्त घटना पुस ३ गते दिउँसो करिब २ बजेतिरको भएको प्रहरीले जनाएको छ। तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो।