News Portal

काठमाडौँमा ठेला चलाउन प्रतिबन्ध, २६४ वटा बस बिसौनी बनाइने

हिमालीसंचार संवाददाता
१०९४ पटक

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो।

महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि मापदण्ड निर्माण, सडकमा कोन र डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्प व्यवस्थापन, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ।

दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने र विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन्।

२९ औँ महानगर दिवस २०८० का अवसरमा बुधबार महानगरपालिकामा आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा यसबारे जानकारी दिइएको हो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक भइसकेको बताउँदै सम्बद्ध कार्यालयसँग सहकार्य बढाइएको बताए।

अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका छन्।अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।

बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए।

यातायात प्रणाली सुधारबारे प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। चालु आर्थिक वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...