News Portal

काठमाडौँमा ठेला चलाउन प्रतिबन्ध, २६४ वटा बस बिसौनी बनाइने

हिमालीसंचार संवाददाता
११३१ पटक

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो।

महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि मापदण्ड निर्माण, सडकमा कोन र डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्प व्यवस्थापन, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ।

दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने र विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन्।

२९ औँ महानगर दिवस २०८० का अवसरमा बुधबार महानगरपालिकामा आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा यसबारे जानकारी दिइएको हो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक भइसकेको बताउँदै सम्बद्ध कार्यालयसँग सहकार्य बढाइएको बताए।

अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका छन्।अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।

बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए।

यातायात प्रणाली सुधारबारे प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। चालु आर्थिक वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...