News Portal

  • चितवनमा सिम्ता आग्रीगाउँका बेग खत्रीको सडक दुर्घटनामा मृत्यु

    हिमालीसंचार संवाददाता
    १४६५ पटक

    चितवन। चितवनको माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका एक जना शिक्षकको दुखद् मृत्यु भएको स्वदेशन्युजले जनाएको छ।

    दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ३५ बर्ष उमेरका, सुर्खेत सिम्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। दुर्घटना लगत्तै बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याइएका खत्रीको उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ।

    घाइते लेखापाल सुर्य अधिकारीलाई थप उपचारको लागि भरतपुर लैजान लागिएको छ भने, घाइते शिक्षक भुवानी पौडेलको बघाैंडा अस्पतालमा उपचार भइरहेको छ।

    शनिवार साँझ करीब ६ बजे चितई पुलमाथि लु. २ च. २५०८ नम्बरको बोलेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...