News Portal

मोरङको रंगेलीमा श्री सन्सारी माई मन्दिरमा बली चढाईयो, भक्तजनहरुको ठुलो घुइचो

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
४६२ पटक

मंसिर १७ आईतवार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको श्री सन्सारी माईको मन्दिरमा आज हली चढाईएको छ। भक्तजनको जनविश्वास बढदै गएका कारण अहिले यस क्षेत्रमा ठुलो भिड लागेको छ।

विराटनगरदेखि २२ किलोमिटर पुर्वमा रहेको सन्सारी माई मन्दिरमा चिसांग खोलाको किनारको बगरमा अवस्थित रहेको मन्दिरमा भिड लागेको हो। उक्त मन्दिरमा रहेक चाडपर्वहरु सकिएपछि बली चढाउन सुरु भएपछि भक्तजनहरुको ठुलो घुईचो लाग्न थालेको छ । 

मन्दिरमा विशेष गरेर शनिबार र मंगलबार बली चढाउन भक्तजनहरुको उल्लेख्य सहभागीता हुन थालेको छ । मन्दिरमा  आफ्नो मनोकामना पूरा भएपछि बोकाको बली, परेवा र नरिवल समेत चढाएर भक्तजनहरुले आफ्नो भालक पूरा गर्ने गरेका मन्दिरका पुजारीले जानकारी दिए । 

जब मोरङको रंगेली हुलाकी राजमार्गसंग जोडिएको  श्री सन्सरी मन्दिरको विषयमा स्व. वीपी कोइरालाले आफनो उपन्यास आत्मवृतान्तमा समेत उक्त कथन उल्लेख गरेको पाईन्छ । यस क्षेत्रमा धेरै वर्ष अगाडि वीपी कोइरालाको पिताजी कृष्णप्रसाद कोइराला  झापाबाट भद्रपुर हुदै बिराटनगर जाने क्रममा घना जंगलमा रहेको सो मन्दिरबाट देवीको आकासवाणी  भएको र उहाँलाई आकासवाणी गर्नु हुने यीनै देवी सन्सारी माई माता त हैनन भन्ने  सो पुस्तकमा समेत उल्लेख गरिएका छन्।  

श्री सन्सारी माई मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य नभएपनि यो मन्दिर राणाकालिन अवस्था देखिनै रहेको  हुन सक्ने मन्दिर समितिको भनाई रहेको   छ ।  पौराणीक कालदेखी नै रहेको सो मन्दिरमा यस  अघि चिस्याङ खोलाबाट भक्तजनका लागि भाडाकुडा  निस्कने र सो भाडाकुडा प्रयोग गरेर धोइपखाली गरेपछि भाडाकुडा आफैपछि विलय हुने किवदन्ती  समेत रहेको छ । 

सो मन्दिरमा आफ्नो मनोकामना पूरा होस् भनेर  दर्शनका लागि नेपालको मोरङ, सुनसरी, झापा, काठमाडौ, जनकपुर  लगायत स्थानको मात्र नभएर भारतको, कुवाडि, अररिया, बिहार, डिल्ली लगायत  विभिन्न स्थानहरुबाट भक्तजन आउने र भाकल समेत गर्ने गरेका छन ।

भाकल पुरा भएपछि मन्दिरमा भक्तजनहरुले बोकाको बली चढाउने र परेवा समेत छाड्ने गरिन्छ ।  मन्दिरमा  साउन महिना, एकादसी तथा सोह्रश्राद्ध बाहेक प्राय अरु दिन मन्दिरमा भक्तजनले बली चढाउने गरेका छन । अहिले प्रत्येक दिन बली चढाउन समेत आउने गरेको समितिका अध्यक्ष संजिब श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...