News Portal

संसदीय समितिले गृहसँग माग्यो एआईजी ज्ञवालीको जन्ममिति कागजात

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग जन्ममितिसम्बन्धी कागजात माग गरेको हो।

ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेको समितिका सचिव सुरजकुमार दुराले बताए।

समितिको सभापति रामहरि खतिवडाले उजुरीका आधारमा कागजात मगाउन निर्देशन दिएपछि समितिले गृहमन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो।

ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको उजुरीकर्ताले दाबी गर्दै उजुरी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...