आज : २०२६-०६-१४, आइतबार

काठमाडौँमा जुवाको खालबाट एनआरएनएका अभियन्ता पक्राउ, छाड्न चलखेल

काठमाडौँ। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्तदेखि, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्तालगायत रहेका छन्।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन्। सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

राजधानीको ठुलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए।

हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ। उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन्।