News Portal

चिनजानकै साथीलाई आफ्नो नामको सिमकार्ड दिदाँ ब्ल्याकमेलिङ !

हिमालीसंचार संवाददाता
४०० पटक

काठमाडौं। दैलेखका गीता थापा (नाम परिवर्तन) को न्युरोडमा मोबाइल पसल छ। मोबाइल पसल भएकाले पसलमा ग्राहक पुग्ने नै भए। करिब चार महिनाअघि गीताका चिनजानकै साथी दैलेख महाबु गाउँपालिका–२ का ३९ वर्षीय तुलाराम सारु छिरे।

उनी मोबाइल किन्न होइन कि चिनजानकै साथी भएकाले सीमकार्ड निकाल्न उनको नागरिताको फोटो कपी माग्न पुगेका थिए। गीताले पनि चिनेकै साथी भएकाले नागरिताको साटो आफ्नै नामबाट निकालेको सीमकार्ड दिइन्।

तुलाराम र गीताको सम्बन्ध त्यसपछि झन् गाढा बन्दै गयो। उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए।

सम्बन्ध बढ्दै गएपछि अविवाहित गीतालाई तुलारामले बिहेको प्रस्ताव नै राखे। गीताले मौन समर्थन गरिन्। उनीहरुको भेटघाट मात्रै बाक्लिएन, बिस्तारै म्यासेन्जरमार्फत समेत घण्टौं भिडियो कल हुन थाल्यो।

भिडियोमा उनीहरु दुवै जना अश्लिल हर्कतसमेत गर्न थाले। त्यो भिडियो तुलारामले स्क्रिन रेकर्ड गरेर राख्थे। त्यसबारे गीता अनभिज्ञ थिइन्। जब तुलाराम र गीताबीच सम्बन्ध खटपट हुन थाल्यो।

त्यसपछि तुलरामले त्यही स्क्रिन रेकर्ड देखाएर ‘ब्ल्याकमेलिङ’ गर्न थाले। त्यसपछि गीताले तुलरामलाई आफ्नो फेसबुकबाट हटाइन्। तर, तुलरामले ‘फेक फेसबुक’ आइडी खोली ती भिडियो गीताका आफन्तलाई पठाउन थाले। तुलरामको हैरानीपछि उनी प्रहरीको साइबर ब्यूरो पुगिन्।

प्रहरीले तुलरामलाई पक्राउ गरी कानुनी दायरामा ल्यायो। गत २३ साउनमा पक्राउ परेका उनी पुर्पक्षका लागि जेल चलान भएका छन्। मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ। बाह्रखरीबाट।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...