News Portal

मध्यरातमा लुटपाट आरोपमा असई सुनबहादुर तामाङसहित हवलदार र प्रहरी जवान पक्राउ

हिमालीसंचार संवाददाता
६६२ पटक

काठमाडौँ। लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएको रातोपाटीले खबर लेखेको छ।

पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन्। सिआरभी (कन्ट्रोल रुम भेहिकल)मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस्।

ठमेलमा लुटपाट आरोपमा असई, हवलदार र प्रहरी जवानसहित पाँचै जना जेल चलान 

पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन्। लुटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए।

ती अधिकृत भन्छन्–‘पीडितहरू जाहेरी दिन नआएपछि सार्वजनिक हित विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...