News Portal

माल्टा, क्रोएशिया र पोल्याण्डसहितका देशमा दूतावास खोल्दै सरकार

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौँ। बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ। १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक बसेको थियो। उक्त बैठकले बढी नेपाली भएका देशहरूमा समेत कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो।

सोही आधारमा प्रकृया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए। सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका मुलुकमा कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको हो।

सरकारले ती देशहरूमा दूतावास नै स्थापना गर्ने तथा ड्राई पोष्टिङको प्रकृया गर्ने भएको हो। ड्राई पोष्टिङमा खटिएका कर्मचारीले परिवार बाहेकको मात्र सुविधा पाउनेछन्। त्यसरी नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको मन्त्री भण्डारीको भनाई छ।

ती देशहरूमा १ जना परराष्ट्र सेवाको उपसचिव स्तरको कर्मचारी, १ जना श्रम सहचारी र १ जना स्थानीय कर्मचारी गरेर तीन जनाको दरबन्दी रहनेछ। त्यसका लागि परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको प्रकृया अगाडि बढाएको छ।

उक्त प्रकृया पुरा गरेर मन्त्रिपरिषद्मा निर्णयको लागि प्रस्ताव पेश गर्नेछ। उक्त कार्यको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले समेत सहजीकरण गर्नेछन्।

त्यस्तै जापान, जर्मनी, अष्ट्रिया, इजरायल तथा दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जनाको प्रकृया अघि बढेको छ। श्रम मन्त्रालयले परराष्ट्रको समन्वयमा प्रस्ताव तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्न लागिएको मन्त्री भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...