News Portal

माल्टा, क्रोएशिया र पोल्याण्डसहितका देशमा दूतावास खोल्दै सरकार

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौँ। बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ। १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक बसेको थियो। उक्त बैठकले बढी नेपाली भएका देशहरूमा समेत कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो।

सोही आधारमा प्रकृया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए। सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका मुलुकमा कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको हो।

सरकारले ती देशहरूमा दूतावास नै स्थापना गर्ने तथा ड्राई पोष्टिङको प्रकृया गर्ने भएको हो। ड्राई पोष्टिङमा खटिएका कर्मचारीले परिवार बाहेकको मात्र सुविधा पाउनेछन्। त्यसरी नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको मन्त्री भण्डारीको भनाई छ।

ती देशहरूमा १ जना परराष्ट्र सेवाको उपसचिव स्तरको कर्मचारी, १ जना श्रम सहचारी र १ जना स्थानीय कर्मचारी गरेर तीन जनाको दरबन्दी रहनेछ। त्यसका लागि परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको प्रकृया अगाडि बढाएको छ।

उक्त प्रकृया पुरा गरेर मन्त्रिपरिषद्मा निर्णयको लागि प्रस्ताव पेश गर्नेछ। उक्त कार्यको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले समेत सहजीकरण गर्नेछन्।

त्यस्तै जापान, जर्मनी, अष्ट्रिया, इजरायल तथा दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जनाको प्रकृया अघि बढेको छ। श्रम मन्त्रालयले परराष्ट्रको समन्वयमा प्रस्ताव तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्न लागिएको मन्त्री भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...