News Portal

एनआरएनए एनसीसी जर्मनी गठन, अध्यक्षमा राजकुमार खड्का

हिमालीसंचार संवाददाता
२८२ पटक

जर्मनी। राजकुमार खड्काको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ। खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्द भएको थियो।

अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका एनआरएनहरुको भेलाले एनआरएनए एनसीसी जर्मनी गठन गरेको हो। समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

राज कुमार खड्का, शिबकला गुरुङ (सानु गुरुङ), अनु शाह, आशिष गुरुङ, सकुन्तला खनाल, मौशम साक्य, नैनाकला वेलमान, लीला गुरुङ, मिना कार्की, प्रकाश खनाल, सर्मीला रोक्का, दीपेश खत्री, सुजिता श्रेष्ठ, प्रशान्त पोखरेल, पासाङ्ग शेर्पा र रंजीता श्रेष्ठ नवगठित कार्यसमितिमा रहेका छन्।

समितिले कानुनविदहरुसंगको सल्लाहमा संस्थाको उपुक्त कानुनी र अन्य गतिबिधिका प्रक्रिया पुरा गर्ने समेत तयारी सुरु गरेको छ। समितिले जर्मनीमा रहनुहुने सम्पूर्ण एनआरएनहरुको प्रतिनिधित्व हुने कुरामा बिशेष घ्यान दिने कुरा बताएको छ।

उक्त नवगठित कार्यसमितिलई एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष बिनोद कुंवर र महासचिव जानकी गुरुङको हस्ताक्षर सहितको मान्यता पत्र तत्कालै पठाइने बताएको छ।

समितिको विभिन्न बिचार र राजनीतिक दलहरुसंग आस्था राख्नुहुने सबैसँग आपत्ती र असमान्स्यता नभएता पनि उहाँहरुको सम्मान गर्दै एनआरएनए एनसीसी जर्मनीमा सम्मानजनक सहयोग र सहकार्यको अपेक्षाको लागि अनुरोध समेत गरेको सचिवालय बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...