News Portal

  • सांसद शाहीलाई सुर्खेतका जनताको प्रश्न: ठेकेदारज्यू, बाटो कहिले बन्छ ?

    दिनेश बुढा
    ३५२ पटक

    सुर्खेत। दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीले सडक निर्माणमा वेवास्ता गरेपछि सुर्खेतका स्थानीय नागरिक आक्रोशित बनेका छन्।

    सांसद शाहीको पोष्टर चोक चौराहामा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘सडक कहिले बन्छ ठेकेदार ज्यू’ भनेर उनलाई प्रश्न गर्न थालेका छन्।

    सांसद शाहीको फोटोलाई पोष्टर बनाएर ठाउँठाउँमा टाँस्दै स्थानीयले प्रश्न गरेका छन्, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’

    शाही दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सांसद हुन्।

    सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ। तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय भइ सक्दासमेत काम अघि बढेको छैन।

    उनको निर्माण कम्पनीले सडक कालोपर्ने गर्ने काममा आलटाल गरेपछि स्थानीयले सांसद शाहीको व्यापक आलोचना गर्न थालेका छन्।

    गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी उक्त सडक स्तरोन्तीको शिलान्यास गरेका थिए।

    पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो।

    सांसद शाहीले भने सम्झौताअनुसार सडक कालोपत्रे नहुँदा स्थानीय आक्रोसित बनेको र आफ्नो तस्बिरलाई पोष्टर बनाएर टाँसिएको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...