News Portal

सांसद शाहीलाई सुर्खेतका जनताको प्रश्न: ठेकेदारज्यू, बाटो कहिले बन्छ ?

दिनेश बुढा
४०९ पटक

सुर्खेत। दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीले सडक निर्माणमा वेवास्ता गरेपछि सुर्खेतका स्थानीय नागरिक आक्रोशित बनेका छन्।

सांसद शाहीको पोष्टर चोक चौराहामा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘सडक कहिले बन्छ ठेकेदार ज्यू’ भनेर उनलाई प्रश्न गर्न थालेका छन्।

सांसद शाहीको फोटोलाई पोष्टर बनाएर ठाउँठाउँमा टाँस्दै स्थानीयले प्रश्न गरेका छन्, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’

शाही दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सांसद हुन्।

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ। तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय भइ सक्दासमेत काम अघि बढेको छैन।

उनको निर्माण कम्पनीले सडक कालोपर्ने गर्ने काममा आलटाल गरेपछि स्थानीयले सांसद शाहीको व्यापक आलोचना गर्न थालेका छन्।

गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी उक्त सडक स्तरोन्तीको शिलान्यास गरेका थिए।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो।

सांसद शाहीले भने सम्झौताअनुसार सडक कालोपत्रे नहुँदा स्थानीय आक्रोसित बनेको र आफ्नो तस्बिरलाई पोष्टर बनाएर टाँसिएको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...