News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनएको मार्च २-३ काठमाण्डौमा हुने ११ औं महाधिवेशन ऐतिहासिक हुन्छ – अध्यक्ष कुँवर

    हिमालीसंचार संवाददाता
    ३४८ पटक

    कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाण्डौमा हुने संघको ११ औं महाधिवेशन ऐतिहासिक हुने बताएका छन्।

    हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघ भित्र भएका प्रमुख समस्याहरुको पहिचान गरि १० औं महाधिवेशन हलबाट नै तिनीहरुको निराकरण, न्यूनीकरण र ब्यबस्थापन गर्न ब्यबस्था गरेका छौ। यसका लागि बिधान संसोधन, नीति-निर्माण र गतिबिधिहरुको परवर्तन गरेका छौं। अनि त्यसै अनुसार पालन गर्दै गएका छौं। हामीमा विचलन र अस्थिरता छैन, निरन्तर र स्थिर छौं, उनले भने।

    १७ देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरु बनेका छन्। यो बर्षको अन्तसम्ममा अरु १० देखि १५ देशमा एनसीसी हुने द्रुत तयारी हुँदैछ। जति नै गफ दिए पनि अहिलेको अवस्थामा एनसीसी गठन हुने या राष्ट्रिय माहाधिवेशन गर्ने देशहरु भनेका ४० को हाराहारीमा मात्र छन्। त्यसको अध्ययन हामीले गरेका छौं। हामी त्यो संख्याको नजिक पुग्ने छौं। बेलायत र युरोपमा विकल्प, रिट्रोएक्टिभ या सुरुवात द्रुत गतिमा गर्दैछौं। यो क्षेत्रमा १० देखि १५ देशमा हामी स्थापित हुनेछौं। एसियामा दक्षिण कोरियाबाट बाटो खुलेको छ। यो सहित ६ देश तयारीमा छन्। मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा ५/६ देशमा, अमेरिका क्षेत्रमा ३ र ओसनीयामा ३ देशहरु राष्ट्रिय महाधिवेशनको तयारीमा छन्, यो क्रम बढ्दो छ।

    बिगतका महाधिवेशनहरुमा हुने गरेका प्रतिनिधि चयन निर्वाचन केन्द्रित भएर गरिन्थ्यो। संघ भन्दा निर्वाचन मुख्य मान्दा विवाद धेरै आउने गर्थ्यो। तर हामीले सबैलाई अवसर र स्वतह प्रतिनिधि हुने ब्यबस्था गरेका छौं। यसबाट विवाद र किचलो आउने ठाउँ रहन्न। सबै एनआरएनहरुले स्व-इच्छाले नेपालमा उपस्थित भएर महाधिवेशनमा भाग लिन पाउँछन्। प्रविधिको बिरोध होइन तर हामीले अनलाइन भोटिङ्ग गर्दैनौं। यसबाट नेपाल र एनआरएन दुवैको घाटा मात्र हुन्छ। यसका दर्जन भन्दा धेरै कारण भएको अध्यक्ष कुँवर बताउँछन्।

    उनी भन्छन्- ठुलो कुरा भनेको उम्मेद्वारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट-उपगुट बनाउने चलन छ। त्यसलाई निश्तेज गरेका छौं, एक हिसाबले बन्द नै गरेका छौं। चुनाव होइन हाम्रो फोकस सँस्था हो। निर्वाचन एउटा प्रक्रिया हो, त्यसबाट नयाँ नेतृत्व चयन हुन्छ। निर्वाचनको प्रकृया सुरु भएपछि मात्र निर्वाचनको कुरा उठ्छ अन्यथा हामी शान्त रुपमा जिम्मेवारी पुरा गर्छौं, काम गर्छौं र निरन्तर रहन्छौँ। योग्यता पुगेका मध्ये उम्मेद्वारी मनोनयन दर्ता गर्ने जो कोहीलाई पनि मतदानबाट प्राप्त मतले जो बिजयी हुन्छ उसैले नेतृव लिने हो। चुनाव नै जीवन मरणको सवाल होइन यो एउटा नेतृत्व चयन गर्ने प्रक्रिया हो।

    अन्तराष्ट्रिय परिषदको अध्यक्ष हुन रोटेशन ब्यबस्था छ। बिधान अनुसार योग्यता पुगेका व्यक्तिले नेतृत्व लिने व्यवस्था सहज बनाइएको छ। त्यसका लागि नेपालका राजनैतिक पार्टीको प्रतिनिधि हुनु जरुरी छैन। केवल एनआरएनएको बिधान अनुसारको योग्य हुनु जरुरी छ।

    हामीले महाधिवेशन र कार्यक्रमहरुमा राजनैतिक पार्टीका प्रतिनिधि होइन, लाइन मिनिष्ट्रीसँग काम गर्ने हो। अन्यथा निर्वाचित जनप्रतिनिधिहरु मात्र आमन्त्रित गर्ने नीति तय गरेका छौं। यसबाट अनावश्यक व्यक्तिको उपस्थिति हुँदैन र स्थानिय तहदेखि संघिय तहसम्म जननिर्वाचित व्यक्तिहरुको सम्मान पनि हुन्छ। त्यसैले गर्दा हामीले नगरपालिका स्तरमा काम गर्न सुरुवात गरेका छौं।

    नेपालमा लगानी र एनआरएनए संस्था फरक रुपमा लैजानुपर्छ। एकै ठाउँमा जोड्नु हुँदैन भन्ने हाम्रा अग्रज तथा पूर्व अध्यक्ष डा. शेष घलेज्यूको निर्क्यौललाइ हामीले आदर्श मानेका छौं। यसले संघलाई प्रयोग गरेर व्यक्तिगत लाभ उठाउने काम बन्द हुन्छ र संघ बलियो हुनी कुँवरको भनाई रहेको छ।

    खुशी र रमाइलो कुरा भनेको हामीसंग काम गर्नुहुने मिहेनती साथीहरु हुनुहुन्छ। संख्या र भिड भन्दा पनि विवाद कम र काम धेरै गर्नुहुन्छ।

    हामीले सबै एनआरएनहरुलाई ढोका खोलेका छौं। बाटो बिराएर गएका, छुटेका, नयाँ तथा पुराना सबैलाई निमन्त्रणा गरिएको छौं। यसर्थ पनि यो महाधिवेशन सान्दार, सभ्य, भब्य, सम्मानजनक अनि ऐतिहासिक हुने बताईएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...