News Portal

प्रिन्सिपलले आफ्नै घरमा विद्यार्थी थुनेपछि…

सन्तोष यादव
२६९ पटक

जनकपुरधाम। सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए।

छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेको स्रोतले बतायो।

प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ। डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए। उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। थप कुरा बोल्न मिल्दैन।’

स्रोतका अनुसार बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन्।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...