News Portal

एनआरएनए कोरियाको सपथ ग्रहण तथा दशैँ शुभकामना कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२८९ पटक

सउल, दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवरको प्रमुख आतिथ्यतामा विजया दशमिको फुलपातिको अवसर पारेर आयोजित दशैं शुभकामना तथा घोषणा सभा दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवंर, विषेश अतिथिहरु हेटौडां महानगर प्रमुख (मेयर) मिना लामा, एनआरएनए आइसीसी प्रवक्ता डा. प्रकाश धमला, कोरियामा क्रियासिल विभिन्न संघसंस्था र एनआरएनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए एनसीसी कोरियाका ९ औं का अध्यक्ष विपिन गुरुङ नेतृत्वको कार्यसमितिलाइ निर्वाचन समितिका संयोजक डा. सिद्दार्थ विक्रम पाण्डे, एनआरएनए प्रवक्ता डा. प्रकाश धमला र एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवँरले सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...