News Portal

एनआरएनए कोरियाको सपथ ग्रहण तथा दशैँ शुभकामना कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३२० पटक

सउल, दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवरको प्रमुख आतिथ्यतामा विजया दशमिको फुलपातिको अवसर पारेर आयोजित दशैं शुभकामना तथा घोषणा सभा दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवंर, विषेश अतिथिहरु हेटौडां महानगर प्रमुख (मेयर) मिना लामा, एनआरएनए आइसीसी प्रवक्ता डा. प्रकाश धमला, कोरियामा क्रियासिल विभिन्न संघसंस्था र एनआरएनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए एनसीसी कोरियाका ९ औं का अध्यक्ष विपिन गुरुङ नेतृत्वको कार्यसमितिलाइ निर्वाचन समितिका संयोजक डा. सिद्दार्थ विक्रम पाण्डे, एनआरएनए प्रवक्ता डा. प्रकाश धमला र एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवँरले सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...