News Portal

भोजपुरमा ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

हिमालीसंचार संवाददाता
४५८ पटक

भोजपुर। घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ। भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ।

प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको गुफामा मृत फेला परेकी थिइन्। बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले स्थानिय दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको छ। नाबालिका हराएको खबर प्राप्त पछि दिपचन्द्र आफैं प्रहरीसँग खोजी गर्न भनेर समेत हिँडेका थिए।

प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएपछी प्रहरीले उनिमाथी शंका गरेकाे थियाे। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – पूर्वेलीन्युजबाट।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...