खरले छाएको घर हुन्थ्यो, घर नजिक निबुवाको बोट हुन्थ्यो, निबुवालाई कोलमा पेलेर अमिलो पकाइन्थ्यो। बारिको डिलमा रोपेको केरा बोट मै पाक्दथ्यो। थाक्रा भरि मादल जत्रा काक्रा लहरै सुकाइन्थ्यो, पालिमाथि मकैका भुत्ताहरु झुन्डाइन्थ्यो। बारिभरि कोदो र खेतभरि धानका बाला झुल्दथे। पालिभरि लहरै पाकेका फर्सिहरु सुकाइन्थ्यो। आहा ! त्यो बेलाको दशै।
गोठभरि दुहुना भैसि, आगनभरि पाडापाडि हुन्थें, कतिपटक त पाडापाडिसंग लुकामारी समेत खेलिन्थ्यो। त्यो सम्झना अझै ताजा नै छ। दशैलाई भनेर एक बर्ष अगाडि नै घोर्ले खसि किनेर राखिन्थ्यो, त्यहि खसि लाइ घोडा बनाएर लडेको घाउ अझै छदैछ। लुगा सिलाउन दर्जीलाई घरघर पुग्न भ्याइ नभ्याइ हुन्थ्यो, सबैले एकै प्रकारका कपडा सिलाएर लाउदा को त्यो आनन्द ,,,,,,आहा त्यो पो दशै।
लाहुर गएका दाजुभाइ घर छुट्टिमा आउदाको इज्जत हुन्थ्यो, अझ ६ वटा ब्याट्री लाग्ने टेपरेकर्ड बजाउदै गाउघर डुल्दा चुनाब जितेको नेता जस्तै भुन्टाभुन्टिको लाइन हुन्थ्यो। पावर सकिएका ब्याट्रीहरु घोलेर घरका झ्याल र ढोकामा कलर लगाउदाको त्यो पल,,,,,,आहा ! त्यो पो हो दशै। बर्षमा एक पटक घर रंगाउन कमेरो र रातो माटो लिन लस्करै जादाको त्यो आनन्द,,,,,,,,।घटस्थापनादेखि टिकाको दिनसम्म बडाघरमा जम्मा भई नाचगान गर्दै एक आपसमा सद्भाव साट्दाको त्यो आनन्द,,,,,आहा ! त्यो पो दशै।
पहिलेको दशै र अहिलेको दशै,,,,,अहिलेको दशैमा न रंग छ न रौनक छ तर पनि मनभरि त्यहि दशैको छप छ,,,,,,अहिले आउदै गरेको दशैको शुभकामना।
गंगा बहादुर चन्द
सिम्ता-४ पिल्क, सुर्खेत
हाल: जाजरकोट।