News Portal

राजेश हमालसँग उषा रजकले मागिन् माफी

हिमालीसंचार संवाददाता
४०० पटक

काठमाडौँ। अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन्। उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन्।

केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन्। हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन्।

अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन्। उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु। मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ। तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरूबिच कहीँ कतै हराए।

अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु। आखिर शब्द मेरै हुन्। मैले भनेको कुराको लागि म आफै माफी माग्दछु।’

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...