News Portal

  • नयाँ राहदानीको लागि पोल्याण्डमा घुम्ती सेवा सम्पन्न

    हिमालीसंचार संवाददाता
    ७१० पटक

    पोल्याण्ड। बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा बोधराज सुवेदीले गरेका थिए।

    पोल्याण्डको राजधानी वार्सामा अक्टोबर ७ देखि ९ सम्म सञ्चालन भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्। पोल्याण्डमा रहेका नेपालीहरूको नयाँ राहदानी बनाउन बायोमेट्रिक सङ्कलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्य दूतावासको रोहबरमा घुम्ती सेवा सञ्चालन गर्ने सम्बन्धी निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।

    सन् २०२४ सेप्टेम्बर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो। पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनुपर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ। घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर नानु थापा आएकी थिइन्।

    गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पदाधिकारीहरूको सक्रिय सहभागिता (उपाध्यक्ष कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, सदस्य प्रजल रेग्मी र विवस हाडॅराई, जीवन लुईटेल, युवराज बराल तथा सहकार्यमा आजित घुम्ती शिविरमा पोल्याण्डमा रहेका समाजसेवीहरू डा. एलिनी पोख्रेल सुवेदी (एनआरएनए आइसिसी महिला सचिव), मित्रलाल पार्दे (ईनास ग्लोवलका सल्लाहकार), सुसन परियार (अन्तर्राष्ट्रिय साहित्य समाज पोल्याण्डका अध्यक्ष), विवेक पौडेल (ईनास पोल्याण्डका अध्यक्ष), भीम परियार (जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष), सुरेन्द्र आचार्य (जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री), आशिष श्रेष्ठ (जनसम्पर्क समिति पोल्याण्डका सचिव तथा प्रवक्ता), निश्चल सुवेदी, सर्वोदय थापा, श्रेयस्कर शाह, लाल प्रसाद निउरे, शिवधर महतो, मुकुन्दहरि चालिसे, अभिषेक अधिकारी, झलक पोखरेल, टेक व. खत्री, सागर भुजेल र मनिष दाहालसाथै अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए।

    सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरूले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्। यसरी आवेदन दिएका आवेदकहरूले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्यदूत डा. सुवेदीले दिए। पोल्याण्डका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरूलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरूकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...