News Portal

नयाँ राहदानीको लागि पोल्याण्डमा घुम्ती सेवा सम्पन्न

हिमालीसंचार संवाददाता
७७७ पटक

पोल्याण्ड। बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा बोधराज सुवेदीले गरेका थिए।

पोल्याण्डको राजधानी वार्सामा अक्टोबर ७ देखि ९ सम्म सञ्चालन भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्। पोल्याण्डमा रहेका नेपालीहरूको नयाँ राहदानी बनाउन बायोमेट्रिक सङ्कलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्य दूतावासको रोहबरमा घुम्ती सेवा सञ्चालन गर्ने सम्बन्धी निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।

सन् २०२४ सेप्टेम्बर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो। पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनुपर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ। घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर नानु थापा आएकी थिइन्।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पदाधिकारीहरूको सक्रिय सहभागिता (उपाध्यक्ष कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, सदस्य प्रजल रेग्मी र विवस हाडॅराई, जीवन लुईटेल, युवराज बराल तथा सहकार्यमा आजित घुम्ती शिविरमा पोल्याण्डमा रहेका समाजसेवीहरू डा. एलिनी पोख्रेल सुवेदी (एनआरएनए आइसिसी महिला सचिव), मित्रलाल पार्दे (ईनास ग्लोवलका सल्लाहकार), सुसन परियार (अन्तर्राष्ट्रिय साहित्य समाज पोल्याण्डका अध्यक्ष), विवेक पौडेल (ईनास पोल्याण्डका अध्यक्ष), भीम परियार (जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष), सुरेन्द्र आचार्य (जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री), आशिष श्रेष्ठ (जनसम्पर्क समिति पोल्याण्डका सचिव तथा प्रवक्ता), निश्चल सुवेदी, सर्वोदय थापा, श्रेयस्कर शाह, लाल प्रसाद निउरे, शिवधर महतो, मुकुन्दहरि चालिसे, अभिषेक अधिकारी, झलक पोखरेल, टेक व. खत्री, सागर भुजेल र मनिष दाहालसाथै अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए।

सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरूले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्। यसरी आवेदन दिएका आवेदकहरूले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्यदूत डा. सुवेदीले दिए। पोल्याण्डका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरूलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरूकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइएको छ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...