News Portal

छोराको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न बाबाको अनुरोध

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२९६ पटक

असोज-२४, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित फर्सडागी चोकमा बर्षौदेखि बस्दै आएका लालबहादुर चौधरीले आफ्नो १६ बर्षीय छोरा बचाई दिनका लागि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुसंग हारगुहार गरिरहेका छन । 

उनको १६ बर्षका छोरा राकेश चौधरी बिगत १६ बर्षीय छोराको मुटुमा प्वाल परेर बिरामी भएपछि ओछ्यानमा छटपटाई रहेका छन । उनलाई ४ बर्षको उमेरदेखि शरिरमा घाउको चोट लिएर बाँच्न बाध्य भएका छन । 

विस २०७३ सालमा सामान्य श्वासप्रश्वासमा समस्या हुन थालेपछि गाउँघरमा केही दिन उपचार गराए औषधी सेवन गरे। तर, उनलाई परिवर्तन नभएपछि उनले २०७३ सालमा काठमाडौ स्थित शहिद गागांलाल हृदयाघात अस्पतालमा उपचार गरे। त्यहाँका  डाक्टरहरुको सल्लाह अनुसार छोराको भिडियो एक्सरे गरेपछि छोराको मुटुमा प्वाल परेको रिपोर्ट आएपछि उनी छागाबाट झरेझै भएको उनले बताए ।  

उनले छोराको उपचारका लागि घरमा पालिरहेको  गाई, बाख्र र श्रीमती चन्दादेविले खाईनखाई गरेर जोडेका केही सुन र चाँदीको गरगहना समेत बेचबिखन गरेर छोराक उपचारमा खर्च गरे। तर, उनको स्वास्थ्यामा सुधार नभएको बुबा लालबहादुरले बताए। 

विगत १२ बर्षको अबधिमा छोराको रोग निको हुन्छ की भनेर दाजुभाई र आफन्तहरुसंग लिएको ऋणले समेत छोराको रोग निको भएन। अहिले १५ लाख भन्दा धेरै खर्च भई सकेको उनको भनाई छ। अहिले छोरो छटपटाई रहेका छन ।  

आर्थिक अभावका कारण छोराको उपचारमा थप समस्या भइरहेको हुनाले नगरपालिकामा जानकारी गराएपछि नगरले पनि एक पल्टको लागि ५ हजार रुपैयाँ सहयोग गऱ्यो। तर, औषधि समेत खुवानका लागि रकम नभएपछि गाउँघरमा समेत सहयोग गरेर छोरालाईलाई वचाई रहेको छु ।  

अब चन्दा माग गर्ने कुनै ठाउँ छैन। आफूसंग भएको सबै सक्यो अब कसरी छोरालाई औषधी किनेर खुवाउनु भन्दै देश बिदेशमा रहेका नेपाली दाजुभाइहरुलाई छोरा बचाई दिन आग्रह गरिरहेका छन । 

अहिले छोराको उपचार खर्च मासिक रुपमा चेक जाँच र औषधीको लागि मात्र १० हजार रुपैयाँसम्म लाग्ने गरेको बुबाले बताए। उनी कक्षा ५ अध्यरत गरिरहेको समयदेखि नै बिरामी भएपछि छोराले आफ्नो अध्ययनलाई समेत अगाडि बडाउन सकेन।

  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...