News Portal

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बंगलादेशबाट सिक्नुपर्छ – सभापति राणा

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले नीति बनाएर मात्रै हहुने भन्दै त्यसलाई प्रभावकारी ढंगले लागू गर्नेकुरामा सबैको इच्छाशक्ति हुनेपर्नेमा जोड दिईन्। उनले बैगलादेशको कृषि प्रणालीबाट नेपालले पनि केही सिक्नुपर्ने बताइन्।

सांसद राणासहितको एक टोली गत हप्ता बंगलादेश भ्रमणमा गएको थियो। उक्त भ्रमणमा धान उत्पादनबारे अनुगमण तथा भ्रमण भएको बताईएको छ। भ्रमण अध्ययनबारे उनले भनिन् ‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं। बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्।’

देउवाले बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न गरेको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने बताइन्। उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरुलाई कृषिमा आत्मनिर्भर बन्न राजनीतिक इच्छाशक्ति जगाउनुपर्ने बताइन्।

‘बंगलादेशबाट नेपालले धेरे कुरा सिक्नुसक्छ। समितिले त्यसका लागि सरकारलाई सकारात्मक दवाव दिनेछ,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...