News Portal

खोटाङमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्दुमी नक्छोले बसे चिन्ता

हिमालीसंचार संवाददाता
६८० पटक

रोशन चाम्लिङ/खोटाङ – मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको मुन्दुमी चिन्ताले मुन्दुमी ज्ञानको क्षेत्रलाई व्यपक बनाएको छ । 

मुन्दुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको मुन्दुमी ज्ञान, सिप र कलालाई विशेष संरक्षण गर्न खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा दुई साझ फरक-फरक मुन्दुमी धामीले चिन्ता बसेका थिए। 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट ग्यालरी काठमाडौँको सहकार्यमा आयोजित मुन्दुमी अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा भाग लिन आएका विभिन्न देशका चित्रकारहरुलाई मुन्दुमको विषयमा बुझ्न मद्यत पुऱ्याउन मुन्दुमी चिन्ता राखिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले पर्यटनलाई प्रर्वद्धन गर्न आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय ज्ञान, सिप, कला तथा संस्कृतिको प्रवर्दन तथा प्रचार प्रसार गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए। 

विशेषत नेपाली संस्कृतिमा ज्ञानको अथाह भण्डारको रुपमा रहेको मुन्दुमी ज्ञानको श्रोतका रुपमा अग्रज पूर्खाहरु र मुन्दुमी धामी झांक्रीहरुलाई नै मानिदै आएको छ । माझ किरात सभ्यताको मुन्दुमी ज्ञानको श्रोतलाई विदेशी पाहुनाहरुको विचमा प्रस्तुत गर्न आफैमा गौरवको कुरा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । उनले नगरपालिकाकै पहलमा पहिलो दिन ब्राम्हाण कुलमा जन्मेका तर किराती मुदुम गाउने धामी र दोस्रो दिन किराती कुलमा जन्मिएका विजुवा बोलाएर चिन्ता राखिएको जानकारी दिए।

दिक्तेलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको नाम दिएर मुन्दुमी ज्ञानको श्रोतलाई नल्याउने हो भने मुन्दुम भन्ने शब्दमाथी नै अन्याय हुने भएकाले यसो गरिएको उनी तर्क गर्दछन्। 

त्यस्तै, नगरपालिकाका उपमेयर विसन राईले किरात राई संस्कारमा मात्र नभई नेपालीहरुको संस्कारमा समेत मुन्दुमी दर्शनको प्रत्यक्ष प्रभाव रहेको बताउछन्। नगरपालिकाले यस्तो अवसरको खोजि गरिरहेको बेला यस पटक बल्ल धामीहरुको सम्मान गर्ने अवसर जुरेको भन्दै खुशी व्यक्त गर्दछन्। 

खोटाङमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको बिचमा खोटाङ जिल्लामात्र नभई विश्वमा भईरहेको मुन्दुमी ज्ञानको प्रचारमा नगरपालिका एक कदम अगाडि बढेको उपमेयर राई बताउछन्। 

आयोजित कार्यक्रममा मुन्दुमी चिन्ता सकिएपछि स्थानीय नक्छो धनीराम राईले देश विदेशमा समेत जोखना हेर्न सकेको बताए। मुन्दुमी धामीहरुसँग मुन्दुमी शक्ति रहेको भन्दै विज्ञानले देख्न नसकेको विशेष ज्ञान रहेको उनले बताए। 

विज्ञानले तर्क र तथ्यले प्रमाणित गर्ने भएपनि धामीहरुले कथ्य र यर्थात परिणामले प्रमाणित गर्न सक्ने उनको भनाई रहेको थियो। आयोजित कार्यक्रममा बसेको चिन्तामा आउने सबै जनाको जोखना हेरेको भन्दै विश्वमा माटोको अस्थित्वमाथी संकट शुरु भएको बताए । माटो अर्थात हैखामाले थेग्न नसक्नेगरी प्रलयहरु आउन थालेको हुदा बाढी पहिरो, असिना पानी जस्ता कुराहरुको प्रभाव बढेको बताउँदै विज्ञानले जलबायु परिवर्तनलाई आधारमाने पनि यो सबै मानवीय कारण नै यसो हुँदै गएको उनको मुन्दुमीतर्क थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...