News Portal

खोटाङमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्दुमी नक्छोले बसे चिन्ता

हिमालीसंचार संवाददाता
६५० पटक

रोशन चाम्लिङ/खोटाङ – मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको मुन्दुमी चिन्ताले मुन्दुमी ज्ञानको क्षेत्रलाई व्यपक बनाएको छ । 

मुन्दुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको मुन्दुमी ज्ञान, सिप र कलालाई विशेष संरक्षण गर्न खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा दुई साझ फरक-फरक मुन्दुमी धामीले चिन्ता बसेका थिए। 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट ग्यालरी काठमाडौँको सहकार्यमा आयोजित मुन्दुमी अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा भाग लिन आएका विभिन्न देशका चित्रकारहरुलाई मुन्दुमको विषयमा बुझ्न मद्यत पुऱ्याउन मुन्दुमी चिन्ता राखिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले पर्यटनलाई प्रर्वद्धन गर्न आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय ज्ञान, सिप, कला तथा संस्कृतिको प्रवर्दन तथा प्रचार प्रसार गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए। 

विशेषत नेपाली संस्कृतिमा ज्ञानको अथाह भण्डारको रुपमा रहेको मुन्दुमी ज्ञानको श्रोतका रुपमा अग्रज पूर्खाहरु र मुन्दुमी धामी झांक्रीहरुलाई नै मानिदै आएको छ । माझ किरात सभ्यताको मुन्दुमी ज्ञानको श्रोतलाई विदेशी पाहुनाहरुको विचमा प्रस्तुत गर्न आफैमा गौरवको कुरा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । उनले नगरपालिकाकै पहलमा पहिलो दिन ब्राम्हाण कुलमा जन्मेका तर किराती मुदुम गाउने धामी र दोस्रो दिन किराती कुलमा जन्मिएका विजुवा बोलाएर चिन्ता राखिएको जानकारी दिए।

दिक्तेलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको नाम दिएर मुन्दुमी ज्ञानको श्रोतलाई नल्याउने हो भने मुन्दुम भन्ने शब्दमाथी नै अन्याय हुने भएकाले यसो गरिएको उनी तर्क गर्दछन्। 

त्यस्तै, नगरपालिकाका उपमेयर विसन राईले किरात राई संस्कारमा मात्र नभई नेपालीहरुको संस्कारमा समेत मुन्दुमी दर्शनको प्रत्यक्ष प्रभाव रहेको बताउछन्। नगरपालिकाले यस्तो अवसरको खोजि गरिरहेको बेला यस पटक बल्ल धामीहरुको सम्मान गर्ने अवसर जुरेको भन्दै खुशी व्यक्त गर्दछन्। 

खोटाङमा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको बिचमा खोटाङ जिल्लामात्र नभई विश्वमा भईरहेको मुन्दुमी ज्ञानको प्रचारमा नगरपालिका एक कदम अगाडि बढेको उपमेयर राई बताउछन्। 

आयोजित कार्यक्रममा मुन्दुमी चिन्ता सकिएपछि स्थानीय नक्छो धनीराम राईले देश विदेशमा समेत जोखना हेर्न सकेको बताए। मुन्दुमी धामीहरुसँग मुन्दुमी शक्ति रहेको भन्दै विज्ञानले देख्न नसकेको विशेष ज्ञान रहेको उनले बताए। 

विज्ञानले तर्क र तथ्यले प्रमाणित गर्ने भएपनि धामीहरुले कथ्य र यर्थात परिणामले प्रमाणित गर्न सक्ने उनको भनाई रहेको थियो। आयोजित कार्यक्रममा बसेको चिन्तामा आउने सबै जनाको जोखना हेरेको भन्दै विश्वमा माटोको अस्थित्वमाथी संकट शुरु भएको बताए । माटो अर्थात हैखामाले थेग्न नसक्नेगरी प्रलयहरु आउन थालेको हुदा बाढी पहिरो, असिना पानी जस्ता कुराहरुको प्रभाव बढेको बताउँदै विज्ञानले जलबायु परिवर्तनलाई आधारमाने पनि यो सबै मानवीय कारण नै यसो हुँदै गएको उनको मुन्दुमीतर्क थियो ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...