काठमाडौँ – यो पटकको दशैको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैको टिकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले मंगलबार दशैको शुभसाइत सार्वजनिक गरेको हो । समितिका अनुसार दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको सार्वजनिक गरेका हुन् ।
यस वर्षको दशैको सुरुवात असोज २८ गते आइतबार हुने छ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको समेत जानकारी दिएका हुन्। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
त्यस्तै, कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको पनीको समितिले जनाएको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिले उल्लेख गरेका छन् । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको समेत समितिले उल्लेख गरेका छन् ।