News Portal

  • पाचन प्रणालीका अंगमा देखिने क्यान्सरबाट कसरी जोगिने? ग्याष्ट्रो सर्जन डा. नारायणप्रसाद बेलबासे

    हिमालीसंचार संवाददाता
    १९८ पटक

    कुनै पनि क्यान्सरको सुरूआती लक्षण थाहा पाएर उपचार गर्न सकियो भने निको हुन्छ।त्यसलाई लापरबाही गरियो भने त्यसले ज्यान समेत लिन्छ।

    खासगरी हामीले खाना नलीदेखि आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वारको क्यान्सरलाई हेरेका हुन्छौं। पित्तथैली, प्यानक्रियाज, कलेजो लगायतका अंगको क्यान्सरलाई समेत हामीले हेर्छौं।

    खाना नलीको क्यान्सर प्राय:जसो ५०\६० वर्षको उमेर कटेका मान्छेलाई हुन्छ। चुरोट, रक्सी, सुपारी धेरै खानेहरूलाई क्यान्सर हुन्छ। खाना नरूच्ने, तौल घट्दै गयो भने क्यान्सर भयो कि भनेर बुझ्नुपर्छ। खाना खान साथ अड्किने समस्या भयो भने समेत खाना नलीको क्यान्सर भयो कि भनेर बुझ्नुपर्छ। यसको लागि इण्डोस्कोपी, सिटी स्क्यान लगायतका परीक्षण गर्नुपर्छ।

    आमाशयमा क्यान्सर पनि ५०\६० वर्ष कटेपछि हुने खतरा हुन्छ। तर परिवारमा ५० वर्षभन्दा सानो उमेरमा कसैलाई क्यान्सर भएको थियो भने त्यस्ता व्यक्ति अलि सजक हुनुपर्छ। आमाशयमा क्यान्सर भयो भने ग्याष्ट्रिकको जस्तै लक्षण देखिन्छ। एसिडको मात्रा बढी भएर र नभइकन पनि आमाशयको क्यान्सर हुन सक्छ। खाना खाएपछि उल्टी हुने, कालो दिसा आउने हुन्छ।

    सानो आन्द्राको क्यान्सर भयो भने सुरूमा जण्डिस देखिने र यो बढ्दै जाने हुन्छ। अत्यधिक चिलाउने, खाना नरूच्ने लगायतका समस्या हुन्छ। तौल कम हुने र खाना नरूच्ने त सबै खाले क्यान्सरका लक्षण हुन्।

    ठूलो आन्द्रामा भएका सानो घाउहरू आठ\दस वर्ष रह्यो भने पनि क्यान्सरको सम्भावना धेरै हुन्छ। ठूलो आन्द्रामा क्यान्सर भएको सुरूमा केही थाहा हुँदैन। त्यसले अलि जटिल रूप लिँदै गएपछि मात्रै थाहा हुन्छ। ठूलो आन्द्राको क्यान्सर भयो भने शल्यक्रिया गरेर निकाल्नुपर्छ।

    पित्तथैलीको क्यान्सर नेपालमा जटिल बन्दै गएको छ। विश्वमै नेपाल छैठौं स्थानमा छ। यसमा क्यान्सर भयो भने धेरै अंगलाई असर गर्न सक्छ। त्यसैले समय\समयमा भिडियो एक्सरे गर्नुपर्छ। यसको सम्बन्ध पित्तथैलीको पत्थरीसँग समेत जोडिएको छ। त्यसैले पित्तथैलीमा पत्थरी छ भने त्यसलाई लामो समय राख्नु हुँदैन।

    कलेजोको क्यान्सर पनि जटिल समस्या बनिरहेको छ। रक्सी धेरै खानेहरूलाई कलेजोको क्यान्सरको जोखिम हुन्छ। रक्सी सकेसम्म नखाएकै राम्रो हो। हेपटाइटिस बि र हेपटाइटिस सी’को पनि बेलैमा उपचार गराउनुपर्छ।

    (पाचन प्रणाली अन्तर्गतका अंगहरूमा हुने क्यान्सर र यसको उपचारबारे भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत ग्याष्ट्रो सर्जन (पेट रोग विशेषज्ञ) डा.नारायणप्रसाद बेलबासेसँग विशेष कुराकानीमा आधारित सम्बाद 

    प्रतिकृया दिनुहोस्

    अमेरिका-क्यानाडा पठाइदिने प्रलोभनमा साढे ५ करोड ठग्ने गिरोह पक्राउ

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानाडा पठाइदिने प्रलोभन देखाइ...

    मोरङको रतुवामाई नगरपालिकाको भवन निर्माण सुस्त गतिमा

    बैशाख-२८,शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगर पालिका-७ स्थित  सिजुवामा नवनिर्मित भवनको  निर्माण कार्य सुरु भएको तीन...

    कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डकाे एउटा टापु बन्द

    बैंकक। व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज...

    प्रसुति महिलाहरुका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषणयुक्त फुड वितरण

    बैशाख २८, बिहीबार/मोरङ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले रङ्गेली अस्पतालमा प्रसुति  गराउन आएका महिलाहरूका...

    मोरङको जहदा गाउँपालिकाबाट गाँजा सहित एक युवा पक्राउ

    बैशाख-२८, बिहीबार/मोरङ – मोरङ जहदा गाउँपालिका वडा नम्वर ३ स्थित हाथिबन्दाबाट लागू औषध गाँजा सहित...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal