News Portal

श्रावण महिनाको वर्तले श्रीमानको आयु बढ्दैन – शिव कुमार पन्त

शिवकुमार पन्त
५४२ पटक

यो श्रावण महिना शिवभक्त जनहरुको लागि विशेष महिना, अझ भन्ने हो भने हिन्दु धर्मालम्बी नेपाली महिलाहरुको लागि बिशेष महिना हो। मलाई पनि केही भन्न मन लाग्यो। केही लेख्न मन लाग्यो..!

वास्तवमा श्रावण महिनाको सुरुवातदेखि नै घरमा, छरछिमेकमा अनि यताउता मेरो केही कुराले ध्यान आकार्षण भइरहेको थियो। विशेषत त असार मसान्तको साँझमा नै हाम्रा आमा, दिदीबहिनीहरु हातमा मेहन्दी अनि हरिया चुरा लगाउनमा तल्लीन देखिनु हुन्थ्यो। म खास बुझ्दिन यसको महत्व। तर, पनी मैले बुझे अनुसार हातमा लगाएको मेहन्दी भन्दा पनि हातमा कसको नाम कोरिएको छ मेहन्दीले भन्ने कुरा चाहिं धेरै महत्वपुर्ण हुँदोरहेछ। 

मैले कसैले मेहन्दी लगाउँदै गरेको ठाउँमा यस्तै सुनेको थिएँ। नाम लेख्ने भनेको त आफ्नै श्रीमानको अर्थात् प्रेमीको नि रहेछ। हरिया चुराको अर्थ सायद आफ्नो मान्छेको जीन्दगी वा आफ्नो मान्छे सँगको माया श्रावणको हरियाली जस्तै हुनुपर्छ भन्ने नै हो। यसरी लगाएका मेहन्दी र हरिया चुराले सम्बन्धमा हरियाली ल्याउँछ-ल्याउँदैन त्यो त मलाइ थाहा छैन। तर, जे होस् दिदीबहिनीहरुलाई शुभकामना!! 

यी मेहन्दी र चुराभन्दा पनि मलाई श्रावण महिनाको अर्को पाटो जुन महिलाहरुले श्रीमानको लामो आयुको कामना गरेर सोमबारको ब्रत बस्छन्। त्यसले चाहिं चसक्क-चसक्क घोचेको जस्तो लागिरहन्छ। पक्कैपनि ब्रतको वैज्ञानिक फाइदा छन्। ब्रत बस्नेको लागि। तर, एउटाले बसेको ब्रतले अरुको आयु लामो कसरी होला र?? यस्तो साँच्चै नै हुन्थ्यो भने हामी धेरै आफ्नाहरुको लागि ब्रत बस्थ्यौं होला। कतै यो धर्म, संस्कृति र परम्पराको नाममा महिला माथिको दमन त होइन?? महिलाहरुलाई दास बनाउन खोजिएको त होइन? 

आजका महिलाहरुले यो ब्रतलाई कसरी लिएका छन्?? बुझ्न कौतुहल छ मेरो यो मन। कतै हाम्रा आमा, हजुरआमाहरुले भोगेको जस्तो अन्धबिश्वास मात्र नहोस् भन्ने चाहाना हो मेरो। आफ्नो लागि कहिलेकाहीं ब्रत बस्नु राम्रो कुरा हो । तर, आफु चाहिं श्रीमानको नाममा भनेर दिनभर भोकै बस्ने अनि त्यही श्रीमान राती रक्सी पिएर आएर लात हान्ने त भइराखेको छैन??? यस्ता कुराहरुले यी ब्रत अर्थहिन र वाहियात लाग्छन् मलाीयई। बुझ्ने श्रीमानले त आफ्नो श्रीमतीको यो तपस्यालाई कदर गर्ला, माया देखाउला, सम्मान गर्ला । तर, अबुझ र जँड्याहा श्रीमान पर्नेहरुलाई यो श्रावण महिनाका यी ब्रत, हरिया चुरा र मेहन्दीहरुले ब्यग्या गरिरहेका त छैनन् ?? 

ब्रत बस्नु आफैंमा नराम्रो होइन। तर, अरुको लागि होइन आफ्नो स्वास्थ्यको लागि बसौं। अन्धभक्त नबनौं। कसैको दास नबनौं। अन्ध विश्वासलाई प्रश्रय नदिउँ। 

शिव कुमार पन्त
काठमाडौं, नेपाल 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...